सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • ‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’
समाचार

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’

काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएपछि अहिले र्‍यापरका रुपमा चिनिएका बालेन्द्र शाह (बालेन) चर्चामा छन् । काठमाडौंमा मेयर बन्ने दौडमा लामो इतिहास बोकेका पुराना पार्टी नेकपा एमाले, नेपाली कांग्रेससहितका दलबाट पनि उम्मेदवारहरु छन् ।

तर शाह चाहिँ यसपालि मतदाताले स्वतन्त्र व्यक्तिलाई जिताउनेमा ढुक्क रहेको बताउँछन् । आफ्नो टोलीमार्फत् सर्वेक्षण गरेर आसन्न स्थानीय चुनावमा प्राप्त हुने मतपरिणामको आँकलन पनि उनले गरिसकेका छन् । ‘काठमाडौंका ३२ वटै वडामा गएर प्राप्त डेटालाई एनालाइसिस गरेका छौं, त्यसबाट मैले ९० हजार ८३५ भोट ल्याउँछु भन्ने देखिएको छ’ उनी दाबीका साथ भन्छन् ।

विज्ञापन

 

विज्ञापन

परम्परागत पार्टीका नेताले दलीय स्वार्थ हेर्दा विकास गर्न नसकेको निष्कर्षसहित आफू मेयर बन्ने दौडमा होमिएको उनी बताउँछन् । ‘जब कोही राजनीतिक दलबाट मेयर बन्छ भने उसले त्यहाँ गलत काम गरे पनि कारबाही हुँदैन,’ शाह भन्छन्, ‘किनकि कारबाहीमा पर्ने व्यक्ति पनि उसकै पार्टी हुन्छ, त्यसैले भ्रष्टाचार अन्त्यका लागि पनि स्वतन्त्र व्यक्ति त्यो पदमा पुग्नु जरुरी छ भन्ने मेरो निष्कर्ष हो ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस