On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • पत्रपत्रिका
  • राप्रपाको ‘डबल डिल’: ओलीसँग भिड्न झापामा सत्तागठबन्धनसँग तालमेल, रेनुसँग लड्न चितवनमा एमालेसँग मेल
पत्रपत्रिका

राप्रपाको ‘डबल डिल’: ओलीसँग भिड्न झापामा सत्तागठबन्धनसँग तालमेल, रेनुसँग लड्न चितवनमा एमालेसँग मेल

सत्तापक्ष र विपक्षी गठबन्धनबीच चुनावी ध्रुवीकरण भइरहेका वेला राप्रपाले भने आवश्यकताअनुसार दुवै पक्षसँग तालमेल गरेर लाभ लिने नीति अपनाएको छ । अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा एमालेलाई हराउन सत्तागठबन्धनका कांग्रेस र माओवादीसँग राप्रपाले तालमेल गरेको छ । उता, भरतपुर महानगरलाई केन्द्रमा राखेर एमालेले चितवनमा राप्रपासँग तालमेल गरेको छ । सत्तागठबन्धन र विपक्षी गठबन्धनमा राप्रपाको सहभागिताले झापा र चितवनमा निर्वाचन पेचिलो हुने भएको छ ।

दमक नगरपालिकामा पहिलो शक्ति रहेको एमालेलाई हराउन तीन दलले तालमेल गरेका हुन् । ०७४ को परिणामअनुसार दमकमा राप्रपा दोस्रो, माओवादी तेस्रो र कांग्रेस चौथो शक्ति हो । सो निर्वाचनमा एमालेका रोमनाथ ओली १० हजार ८०६ मत ल्याई मेयर भएका थिए । राप्रपाका राम थापा सात हजार ६५५ मतसहित प्रमुख प्रतिस्पर्धी थिए । माओवादीका रेवतराज पुरीले ६ हजार ८९८ र कांग्रेसका ढुण्डीराज भण्डारीले पाँच हजार ५३९ मत ल्याएका थिए ।

विज्ञापन

यसपटक दमकमा तीन दलका तर्फबाट राप्रपाका राम थापा र एमालेबाट गीता अधिकारी मेयरका उम्मेदवार छन् । उपप्रमुखमा तीनदलीय गठबन्धनबाट कांग्रेसकी रेगिना भट्टराई प्रसाईं र एमालेबाट अम्बिका खनाल उम्मेदवार छन् ।

विज्ञापन

त्यस्तै, चितवनको भरतपुर महानगर र माडी नगरपालिकामा एमाले–राप्रपाबीच चुनावी तालमेल भएको छ । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका हिमला गुरुङलाई एमालेले सहयोग गर्ने सहमति बनेको छ । महानगरको वडा नम्बर १५ र २६ को अध्यक्ष पनि राप्रपाले पाउनेछ । केही राप्रपाले एमालेलाई छोड्नेछ भने बाँकीमा मित्रवत् प्रतिस्पर्धा गर्ने दुई दलको सहमति छ ।

०७४ मा तालमेल गरी लडेका माओवादीले मेयर र कांग्रेसले उपमेयर जितेका थिए । सो समीकरणमा अहिले एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी थपिएको छ भने एमाले र राप्रपा तालमेल गरी प्रतिस्पर्धामा उत्रिएका छन् । सत्तागठबन्धनका तर्फबाट मेयरमा माओवादीकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । गत निर्वाचनमा महानगरपालिकाका २९ वटा वडामध्ये एमालेले १४, कांग्रेसले १२ र माओवादी केन्द्रले तीनवटामा जित हासिल गरेका थिए ।नयाँ पत्रिका

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस