शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • पोखरामा ट्रक चालक कुटपिट गर्नेलाई १० दिन थुनामा राख्न अदालतको अनुमति‍‍‍‍
समाचार

पोखरामा ट्रक चालक कुटपिट गर्नेलाई १० दिन थुनामा राख्न अदालतको अनुमति‍‍‍‍

पोखरामा ट्रक चालकलाई बाइक चालकले कुटेको घ’ट’नामा प्रहरीले दोषीमाथि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

यही १० गते भएको घटनामा बाइक चालक मिन बहादुर मगरले बाराका ट्रक चालक नवराज कार्कीलाई कुटपिट गरेका थिए।

विज्ञापन

उनीविरुद्ध प्रहरीले शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरेको थियो। अदालतले मगरलाई १० दिन थुनामा राख्न अनुमति दिएको हो।

विज्ञापन

कास्की पोखरा महानगरपालिका वडा नं.५ फिर्के पुल स्थित पोखरा बाग्लुङ सडक खण्डमा सवारी दुर्घटना पश्चात् मोटरसाइकल चालकले ट्रक चालकलाई कुटपिट गरेका थिए। कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

सोसँगै सवारी चालक समाजले दोषीमाथि कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिएको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस