सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • आर्थरमा आधा गाउँ नै माओवादी केन्द्रमा प्रवेश
समाचार

आर्थरमा आधा गाउँ नै माओवादी केन्द्रमा प्रवेश

निर्मल पौडेल पर्वत । पर्वतको कुस्मा नगरपालिका १४ आर्थरमा विभिन्न पार्टी परित्याग गरि आधा गाउँ नै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन।

आइतबार माओवादी केन्द्र वार्ड कमिटी आर्थरले आयोजना गरेको विस्तारित वैठकमा ठुलो संख्यामा एमाले काङ्ग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन।

विज्ञापन

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य त्रिभुवन पौडेल को प्रमुख आतिथ्यतामा सम्पन्न वैठक लाई सम्बोधन गर्दै पौडेलले परिवर्तन चाहनेहरु माओवादी केन्द्रमा प्रवेश गर्नुको बिकल्प नभएको बताए।

विज्ञापन

नवप्रवेशीहरु लाई हार्दिक स्वागत गर्दै पौडेलले देशमा जसको नीति उस्कै नेतृत्व नभएका कारण विकास निर्माणका कार्यहरू लगायत विधिको शासन स्थापित हुन नसकेको बताए। देशमा संविधान निर्माणसंगै सिंहदरवारको अधिकार गाउँ–गाउँमा ल्याए पनि केही तत्वका कारण जनताले आफुले चाहेजस्तो सुखको अनुभुती गर्न नसकेकोमा दुख व्यक्त गरे।
यस्तै युवा नेता शंकर गिरिले आउँदो निर्वाचनमा सवैको साथी जनताको पार्टी माओवादी केन्द्र र गठवन्धन लाई अत्याधिक बहुमतले विजयी गराउन आग्रह गरे।

गिरिले केही व्याक्तिवादी प्रवृत्ति भएकाहरुले सीमित स्वामित्व लिएर मुलुक लाई बन्धिकरण गरेकोले जनताहरुमा निराशा छाएको भन्दै दुख व्यक्त गरे। अनुपम पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ वार्ड समिति गठन गरिएको छ।सोही अवसारमा विभिन्न पार्टी परित्याग गरि २२ जना प्रबेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा राजु पौडेल,सन्तोष पौडेल, प्रकाश पौडेल , उत्तम पौडेल रबिन पौडेल ,दुर्गा सुनार , सन्दिप नेपाली ,सुन्दर बि क , सागर गुरूङ ,अनुप गुरूङ, अमर गुरूङ लगायत रहेका छन। नवप्रवेशीहरु लाई प्रमुख अतिथि र बिशिस्ट अतिथीले टीका र खादा लगाई स्वागत गरिएको थियो। सम्पूर्ण नवनिर्वाचित कमिटी र नव प्रवेशीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।कार्यक्रममा नगर कमिटी सचीव भिम बहादुर नेपाली लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस