सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्र देशको शसक्त र निर्णायक शक्ति हो : अध्यक्ष प्रचण्ड
समाचार

माओवादी केन्द्र देशको शसक्त र निर्णायक शक्ति हो : अध्यक्ष प्रचण्ड

चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र देशको शसक्त र निर्णायक शक्ति भएको बताउनुभएको छ । शुक्रवार नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र चितवन जिल्ला संयोजन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले कोही कसैले कमचोर सोच्दैमा कमजोर नहुने बताउनुभयो । अध्यक्षले सिङ्गो पार्टीलाई निर्वाचन केन्द्रित कार्यक्रम बनाएर निर्वाचनमा होमिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेता कार्यकर्तालाई सम्बोधनन गर्दै माडी र भरतपुरको स्थानिय तहको निर्वाचनमा माओवादीले एक्लै जित्ने अवस्था आफूले पाएको भन्दै एक ढिक्का र सशक्त भएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

विज्ञापन

सो अवसरमा अध्यक्ष प्रचण्डले आगामी चुनाव अन्य दललाई केबल निर्वाचन मात्र भएको तर माओवादीलाई यूगान्तकारी परिवर्तनको रक्षाका लागि निर्वाचन जित्नै पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘प्रतिक्रियावादी शक्तिहरु माओवादी नेतृत्व र माओवादी पार्टीलाई हराएर सिध्याउन खोजिरहेका छन् । त्यसलाई परास्त गर्न दृढताका साथ अगाडी बढनुपर्छ ।’

विज्ञापन

उहाँले माओवादी केन्द्र नेपाली राजनितिमा हिजो पनि केन्द्रमै रहेको र आज र भोलि पनी केन्द्रमै हुने बताउँदै देशका लागि शसक्तm ढंगले प्रतिकार र मुकाबिला गर्न आग्रह र्गनुभएको छ । संबिधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रिक संविधान निर्माण संबिधानको रक्षा र मुलुकको समृद्धि माओवादी केन्द्रबाट मात्रै सम्भव भएको बताउनुभयो ।कार्यक्रम जित्ला संयोजक रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन भएको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस