सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • भुवन केसीलाई राप्रपा भित्राउने प्रयास
समाचार

भुवन केसीलाई राप्रपा भित्राउने प्रयास

काठमाडौं। चलचित्र क्षेत्रका चर्चित अनुहारहरु धमाधम राजनीतिमा लाग्ने क्रम चल्न थालेको छ । कतिपयले पार्टी परिवर्तन र प्रवेश नै गर्न थालेका छन् ।

करिश्मा मानन्धरले नयाँ शक्तिबाट राजनीति सुरु गरेपनि उक्त पार्टी त्यागेर बसेकी थिइन् । यसै हप्ता नेकपा एमालेमा प्रवेश गरेकी छिन् । कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेपनि पछि एमाले प्रवेश गरिन् ।

विज्ञापन

रेखा थापा नेकपा माओवादी केन्द्र हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । पुराना कलाकार शिव श्रेष्ठ राजसंस्थाको पक्षमा खुलेका छन् । रवीन्द्र खड्का राजसंस्थाको पक्षमै निरन्तर देखिन्छन् ।

विज्ञापन

चर्चित अभिनेता भुवन केसी कुनैबेला राजावादीसँग नजिक थिए । पछिल्लो समय उनी नेकपा एमालेमा छन् । तर, केसीलाई एमालेबाट अलग बनाउन एउटा समूह नै लागेको छ । भुवन केसीलाई राप्रपामा भित्राउने तयारी भइरहेको छ ।

विश्वस्त स्रोतका अनुसार राप्रपाका केही नेताहरुले भुवन केसीलाई पार्टीमा ल्याउन खोजेका छन् । उनीहरुले केसीलाई काठमाडौंमा महत्वपूर्ण पदमा उम्मेदवार बनाउने गरी तान्न खोजेका हुन् । तर, केसी भने अलमलमा रहेको बुझिएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस