मङ्लबार, असार ३१, २०८२
  • होमपेज
  • समाचार
  • भरतपुर १३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन
समाचार

भरतपुर १३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

चितवन ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहालबाट नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको हो । स्थानीय जग्गादाता प्रेमनाथ कोईरालाले उपलब्ध गराएको २ कठ्ठा जग्गामा बनेको निर्मित २ तले भवनको भरतपुर महानगर प्रमुख रेनु दाहालले उदघाटन गरेकी हुन्।

२९ वटा वडा रहेको महानगरमा जनप्रतिनिधि आएपछि १६ वटा नयाँ भवनहरु निमार्ण भईसेका छन् भने ६ वटा लाई मर्मतसम्भार गरि सेवा प्रदान गरिदैं आएको छ । केही वडा भवन निमार्णका लागी प्रक्रिया अगाढी बढेको महानगरले जनाएको छ । महानगरले १६ वटा वडाका नयाँ भवन निमार्णका लागि झण्डै ३१ करोड बढी रकम लगानी भवनहरु निर्माण भएका छन् ।

विज्ञापन

भवनको उदघाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले जनप्रतिनिधि आएको यो ४ वर्षको अबधिमा महानगरमा धेरै विकास भएको बताईन् । भरतपुरमा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगाएत सबै क्षेत्रमा धेरै उल्लेख्य काम भएको बताउदै देशले गौरव गर्ने ठुला ठुला परियोजनाहरु पनि धमाधम निमार्ण भईराखेको दाबी गरिन् ।

विज्ञापन

आफुहरुले जनताका बिचमा गरेका बाचा अनुसार अनवरत काम गरिरहेको दाहालले बताईन् । महानगरले आफ्नो बजेटबाट ठेक्कामा लगाएका कामहरु अहिले समयमै धमाधम निमार्ण भईराखेको र बिकासमा महानगर देशको मोडल बनेको पनि दाबी गरिन । प्रमुख दाहालले वडामा ३३ किमीमात्रै कालोपत्रे निर्माण सम्पन्न भईसकेको बताईन ।

कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले कोरोनाको यो महामारीमा पनि एक दिन नथाकी आफुहरु निरन्तर विकास र जनताको सेवामा परिचालन भएको बताईन् । उनले बिकासमा महानगरले धेरै फड्को मारेको दाबी गरिन् । अझै आफुहरुले धेरै काम गर्न बाँकी रहेको उनको भनाई थियो ।

कार्यक्रममा वडा नम्वर १३ का अध्यक्ष प्रकाश दवाडीले महानगरमा सक्षम र इमान्दार महिला नेतृत्व आएकै कारण महानगरले अकल्पनिय रुपमा बिकास गर्न सफल भएको बताए । यस्तो नेतृत्व अब महानगरले कहिले नपाउने उनको भनाई छ । कार्यालय निमार्णसंगै अब सेवा प्रबाहमा थप सहज हुने उनको भनाई थियो । अध्यक्ष दवाडीले विकासको दृष्टीबाट वडा अन्य सरह नै प्रतिपर्धामा पुगेको बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस