सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • एमाले रौतहट जिल्ला सदस्य यादव माओवादीमा प्रवेश
समाचार

एमाले रौतहट जिल्ला सदस्य यादव माओवादीमा प्रवेश

नेकपा एमाले जिल्ला कमिटी रौतहटका सदस्य अरविन्द यादव माओवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरमा आयोजित एक समारोहका बीच यादव एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् । यादवसँगै उनका झन्डै एक दर्जन समर्थकहरु पनि माओवादीमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई माओवादी अध्यक्ष प्रचण्डले टीका लगाई स्वागत गरेका थिए ।

फतुवा बिजयपुर नगरपालिकाका मेयर पदका दावेदार समेत रहेका यादवले एमालेका केही स्थानीय नेताहरूले षड्यन्त्र गरि नगर अधिवेशनमा आफुहरुको बेवास्ता गरेका कारण एमाले त्यागेर माओवादीमा प्रवेश गरेको प्रतिक्रिया दिए ।
तत्कालीन सितलपुर गाविसका पूर्व अध्यक्ष समेत रहेका यादवको फतुवा बिजयपुर नगरमा राम्रो पकड रहेको छ ।

विज्ञापन

 

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस