सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • ठग गठबन्धनबाट मधेशलाई मुक्त गरौं : एमाले नेता प्रभु साह
समाचार

ठग गठबन्धनबाट मधेशलाई मुक्त गरौं : एमाले नेता प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले वर्तमान पाँच दलीय गठबन्धनलाई ठगको संज्ञा दिएका छन्। उनले यो गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने पनि बताएका छन्।

रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सोमबार सम्बोधन गर्दै पूर्वमन्त्री साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनका कारण राजनीति गन्हाएको बताए।

विज्ञापन

पूर्वमन्त्री साहले गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिति, महङ्गी र अपराध बढेको बताउँदै यसलाई बिदाई गर्नुपर्ने बताए।

विज्ञापन

गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म एमाले सरकारले अगाडि बढाएका जनमैत्री कार्यहरु रोक्ने काम गरिरहेको उनको आरोप छ ।

उनले लोकतान्त्रिक प्रक्रियाबाट नभई अदालतको सेटिङबाट जन्मिएको गठबन्धन सरकारले लोकतान्त्रिक मुल्य र मान्यताको खुलेआम हत्या गरिरहेको उनको आरोप लगाए।

आवधिक चुनाव नगर्ने, न्यायाधीशलाई सेटिङ गरेवापत मन्त्री पद दिने, भ्रस्टाचार गर्नेलाई जोगाउन आन्दोलन गर्ने गठबन्धनलाई अविलम्ब बिदाइ गर्नुपर्ने उनले बताए।

‘तपाईँहरु हेर्न सक्नुहुन्छ अहिले देशमा पाँच दलीय सरकारले खुलेआम लोकतन्त्रको हत्या गरिरहेको छ । दुनियाँमा लोकतन्त्र मान्ने देशमा जनताले प्रतिनिधिमार्फत सरकार बनाउछ । तर हाम्रो देशमा जनविरोधी तत्वहरु सम्मीलित गठबन्धनलाई अदालतको सेटिङमा सरकार बनाइएको छ’, उनले भने, ‘सरकार बनाएवापत न्यायाधीशलाई मन्त्री पद दिइरहेका छन्। अदालतले सघाएसम्म ठीक पछि महाअभियोग लगाउने काम पनि यही गठबन्धनले गरिरहेको छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस