सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्न आवश्यक छैन : प्रचण्ड
समाचार

प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्न आवश्यक छैन : प्रचण्ड

काठमाण्डाै ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु नपर्ने बताउनु भएको छ ।

विज्ञापन

आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले आफूले पूरै गीत हेर्न नभ्याए पनि मिडियाबाट थाहा पाएको भन्दै गीतलाई लिएर कोही आवेगमा आउन नपर्ने बताउनु भएको हो ।

विज्ञापन

शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भनियो भने गलत हुने तर सशस्त्र द्वन्द्वका विषयमा केही टिप्पणी भने गर्न सकिने उहाँको भनाइ छ ।

सशस्त्र द्वन्द्वका विषयमा बहस भइरहने भएकाले यसबारे हुने तर्क/वितर्क, पक्ष/विपक्षलाई स्वाभाविक रूपले लिनुपर्ने प्रचण्डको भनाइ छ । प्रकाश सपुतको गीतले जनयुद्धको अवमूल्यन गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले विरोध गरिरहेको बेला प्रचण्डको यो भनाइ आएको हो ।

सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति आपत्ति जनाउँदै माओवादीका जनवर्गीय सङ्गठनका केही नेताले गीतको म्युजिक भिडियो युट्युबबाट हटाउन चेतावनी पनि दिएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस