शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • समाचार
  • पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन् : रामकुमारी झाँक्री
समाचार

पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन् : रामकुमारी झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । आज चितवन पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।

उनले भनिन्, ‘कि त सरकार छोडेर सडकमा जानु पर्‍यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।’ सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने झाँक्रीले बताइन् ।

विज्ञापन

सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै झाँक्रीले एमसीसी गलत भए आफूहरू ब्याक हुने प्रष्ट्याइन् । ‘विरोधाभाष कुरा हुँदैन । पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ‘, उनले भनिन् ।

विज्ञापन

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै झाँक्रीले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन् । एमसिसी स्वीकार गर्दा र अस्वीकार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनले बताइन् ।

सचिवालय बैठकले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेकोतर्फ उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् ।

तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्‍मा एमसिसी टेबुल गर्न चाहेको भन्दै उनले अहिले (नेकपा एमाले) को मौनताले केही असहज बनाएको बताएकी छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस