On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीको ‘प्लान बी’ : प्रचण्डसँग तालमेल गर्ने, माधवलाई घर न घाटको बनाउने
समाचार

ओलीको ‘प्लान बी’ : प्रचण्डसँग तालमेल गर्ने, माधवलाई घर न घाटको बनाउने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन तोड्न हरसम्भव प्रयास गरिरहेका छन् । उनले कहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धन तोडे एमसीसी पास गर्न सहयोग गर्ने प्रस्ताव राख्ने गरेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गठबन्धन तोडेर आए चुनावमा ४० प्रतिशत भागबण्डा दिने प्रस्ताव राख्ने गरेका छन् ।

गठबन्धन तोड्नु ओलीको पहिलो प्राथमिकता हो । उनले गठबन्धन तोड्नकै लागि कांग्रेसका नेता शेखर कोइरालासमक्ष ठूलै रणनीतिक अफरसमेत गरेको बताइन्छ ।

विज्ञापन

कोइरालासँग मंगलवार ओलीले आफ्नै निवास बालकोटमा भेटघाट गरेका थिए । भेटघाटमा ओलीले चुनावसम्म सत्तारूढ गठबन्धनलाई नलैजान आग्रह गरे । वान टू वान भेटमा ओलीले कोइरालालाई गठबन्धन तोड्ने शर्तमा राष्ट्रपति बनाउन सहयोग गर्ने अफर राखेकोसमेत चर्चा चल्न थालेको छ ।

विज्ञापन

बिहीवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिवास पुगेर कोइरालाले चुनावमा गठबन्धन गर्न नसकिने बताए । ओलीले चालेको ‘शेखर गोटी’ सफल होला या नहोला, तर गठबन्धन तोड्ने ओलीको प्रयास जारी छ ।

गठबन्धन तोडेर ओलीले माओवादी केन्द्रसँग तालमेल गर्न खोजेका छन् । यो ओलीको ‘प्लान बी’ हो । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा फाटो आएपछि ओलीले प्रचण्डलाई लिएर आगामी चुनावमा ७४ सालकै इतिहास दोहोर्याउन चाहेका छन् ।

प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोस्ती तोड्दै नेपाललाई घर न घाटको बनाउने ओलीको तयारी रहेको छ ।

स्थानीय तहको चुनाव घोषणालगत्तै राजनीतिक दलहरू चुनावी तयारीमा लाग्न शुरू गरेका छन् । चुनावी गठबन्धन र तालमेलको प्रश्न यतिबेला राजनीतिक वृत्तमा हाबी बनेको छ ।

सत्तारूढ गठबन्धनलाई चुनावी तालमेलसम्म पुर्याउने भन्दै गत असारमा कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, त्यसपछि एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राजमोको गठबन्धन सरकार बनेको थियो ।

हाल कायम रहेको सत्तारूढ गठबन्धनलाई चुनावसम्मै लैजान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य शीर्ष नेताहरूले पहल गरिरहेका छन् ।

चुनावी गठबन्धनका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएपनि कांग्रेसकै शेखर कोइरालालगायतका अन्य नेताहरू भने चुनाव एक्लाएक्लै लड्ने बताइरहेका छन् ।

यसै क्रममा २०७४ सालको निर्वाचनमा जस्तै चुनावी तालमेल गर्न सकिने विषय एमाले र माओवादीमा प्रवेश भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई आफ्ना दूतहरूमार्फत तालमेलका लागि आग्रह गर्ने गरेको स्रोतको दाबी छ ।

प्रचण्डनिवास खुमलटारमा दिनहुँजसो एमालेका नेताहरू पुग्ने गरेको खुमलटार स्रोतको दाबी छ । ‘२०७४ सालमा जस्तै ६०/४० को अनुपातमा तालमेल गर्ने प्रस्ताव एमाले अध्यक्ष ओलीले पठाइरहनु भएको छ,’ खुमलटार स्रोतले भन्यो ।

तत्कालीन नेकपामै रहँदा ओली र प्रचण्डबीच दूरी बढेको थियो । सर्वोच्च अदालतले नेकपा विभाजन गरेर एमाले र माओवादी ब्युँत्याएपछि दुई नेताबीच पानी बाराबारको स्थिति थियो । तर पछिल्लो समय दुवै नेताले दूतमार्फत कुराकानीलाई अघि बढाएका छन् ।

एक साताअघि एमालेका नेता महेश बस्नेतले ओलीनिवास बालकोटमा प्रचण्डनिकट नेताहरू आएर छलफल गर्ने गरेको खुलासा गरेका थिए । बालकोट र खुमलटारमा दुवै नेताका दूतहरू पुगेर गठबन्धन बनाउनेबारे छलफल चलिरहेको छ ।

एमसीसीलाई लिएर गठबन्धनमा देखिएको खटपटपछि प्रचण्डले गठबन्धन छाड्ने चेतावनी दिइसकेका छन् । देउवाले पनि ओलीसँग आफ्नो हिसाबले कुराकानी अघि बढाएका छन् ।

‘चुनावमा सत्ता गठबन्धन नरहन पनि सक्छ,’ कांग्रेसका एक नेताले भने, ‘हामीलाई फाइदा हुँदैन भने एमाले हराएर हामीले के पाउँछौं ? कांग्रेस एक्लै चुनाव लड्न सक्षम छ ।’

बिहीवार सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच आकस्मिक छलफल हुँदैछ । चुनावअघि एमसीसी संसदमा टेबल हुनै नसक्ने अडान राखेका प्रचण्डले गठबन्धन छोड्न सकिने ब्रिफिङ पार्टीको आन्तरिक बैठकमा गरेका थिए । आजको शीर्ष नेताहरूको बैठक गठबन्धन जोगाउने अन्तिम प्रयास रहेको माओवादी केन्द्रका एक नेताले बताए ।

सत्तारूढ गठबन्धनका दलहरू चुनावसम्मै गठबन्धन गरे भने एमालेलाई अप्ठेरो पर्ने निष्कर्षका साथ ओलीले प्रचण्डलाई आफूसँग तालमेल गर्न आग्रह गरेका हुन् । ओलीको पहिलो रणनीति गठबन्धनलाई जसरी पनि तोड्नु हो । त्यसैले ओलीले देउवा र प्रचण्डसँग छुट्टाछुट्टै संवाद अघि बढाएका छन् ।

ओलीले देउवालाई गठबन्धन तोडे एमसीसी पास गर्न सघाउने प्रस्ताव गरेका छन् भने प्रचण्डलाई कांग्रेससँगको गठबन्धन तोडेर आए ७४ को निर्वाचनमा जस्तै ४० प्रतिशतको अफर पनि दिने गरेका छन् ।

ओलीका दूतका रूपमा उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायतका नेताहरूलाई ओलीले दूतका रूपमा परिचालन गरेका छन् ।

एमाले विभाजन गरेर नेकपा एस बनाएका माधवकुमार नेपाललाई भने पत्तासाफ गर्ने ओलीको रणनीति छ । ओलीले नेकपा एसलाई अवैधानिक दल भन्दै आएका छन् । नेपाल उपस्थित भएका बैठक या सार्वजनिक कार्यक्रमलाई ओलीले बहिष्कार गर्ने गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस