On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी र शेखर सम्बन्ध : बालकोट वार्तादेखि विराटनगरको तरङ्गसम्म
समाचार

केपी र शेखर सम्बन्ध : बालकोट वार्तादेखि विराटनगरको तरङ्गसम्म

माघको दोस्रो साता प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सत्तासीन दल नेपाली काँग्रेसका प्रतिपक्षी नेता शेखर कोइरालालाई फोन आयो । माघको चिसो मौसममा राष्ट्रिय राजनीति गर्मी गरेका बेला ओलीले फोन गरेर कोइरालासँग भेट्ने इच्छा राखे ।

बालकोटबाट ओलीले फोन गर्दा कोइराला पूर्वी नेपालमा थिए । त्यो पनि ओलीको गृह जिल्ला झापामा । उनको सचिवालयको अनुसार मोरङ निवासी कोइराला राजनीतिक कामका लागि झापा पुगेका थिए । ओलीसँगको टेलिफोन संवादमा कोइरालाले काठमाडौँ फर्किएपछि आफू भेटवार्ताका लागि बालकोट नै आउने बताए ।

विज्ञापन

एकहप्ता गृह प्रदेशमा समय बिताएर सोमबार काठमाडौँ फर्किएका कोइरालाले मंगलबार ओलीसँग भेट्ने निधो गरे । मंगलबार विहान कोइरालाले ओलीलाई फोन गरेर काठमाडौँ आएको जनाउ दिए । साथै उनले आफू मंगलबार साँझ बालकोट आउने तयारीमा रहेको ओलीलाई सुनाए ।

विज्ञापन

ओलीले पनि भेट्न प्रतीक्षारत रहेको जवाफ फर्काए । अनि कोइराला मंगलबार साँझ भक्तपुरको बालकोटस्थित ओली निवास पुगे । आफूभन्दा सिनियर नेतालाई घरमै गएर भेट्ने कोइरालाको स्वभाव पनि हो ।

आफ्नै पार्टीभित्र पनि उनी राजनीतिक भेटघाट गर्दा शीर्ष नेताको निवासमै पुग्ने गरेको पाइन्छ । तर, मंगलबार कोइराला ओली निवास पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनपछि विपक्षी नेताको पोजिसन बनाएका कोइराला राजनीतिक माहोल ताकेका बेला बालकोट पुग्नेले काँग्रेस वृत्तमा बहस जन्मिएको छ ।

सत्ता गठबन्धनमा उत्पन्न गडबड, स्थानीय तह निर्वाचनको मिति घोषणा र एमसीसीको पेचिलो बहसका बीच कोइरालाले ओलीसँग साढे दुई घण्टा ‘वान टू वान’ वार्ता परे । उनीहरूबीच भएको भेटवार्ताको ठोस कुरा सार्वजनिक भएको छैन । यद्यपि कोइरालाले संसद्को गतिरोध र एमसीसीलगायतका विषयमा कुराकानी भएको बताएका छन् । ओली सत्ताबाट बाहिरिएपछि कोइरालासँग पहिलो पटक भेटवार्ता भएको हो ।

‘ओली र शेखर दाइको सम्बन्ध राम्रो छ । धेरै मत भिन्नता छैन । ओली प्रधानमन्त्री हुँदा तीनपटक राजनीतिक र दुई पटक व्यक्तिगत कुराकानी भएको थियो ।’

कोइरालाको सचिवालयले ओली र कोइरालाबीच राम्रो सम्बन्ध रहेका भन्दै नियमित भेटघाटका रूपमा अर्थ्याएको छ । कोइराला निकट नेता गुरुराज घिमिरेका अनुसार पनि ओलीले व्यक्तिगतरुपमा कोइराला परिवारसँग समधुर सम्बन्ध राखेका छन् ।

 

कोइरालाको गृहनगर विराटनगरमा पनि ओली निकट मान्छेको शेखरसँग राम्रो सम्बन्ध रहेको उनले बताए । प्रदेशमा एमाले सत्तासीन हुँदा ओली निकट मान्छेले शेखर कोइरालासँग भेटघाट गरिरहेका हुन्थे ।

शेखरसँग एमाले नेता हिक्मत कार्की र विनोद ढकालले राम्रो सम्बन्ध बनाएको अवस्था छ । काँग्रेस नेताहरूका अनुसार झापामा २०५१ को आम निर्वाचनमा ओलीले काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाको सद्भाव पाएका थिए । गिरिजाप्रसादको सद्भाव पाएका ओलीले काँग्रेस उम्मेदवार गिरिराज कुमारी प्रसाईलाई १७ मतले हराएका थिए । त्यसयता ओलीले कोइराला परिवारप्रति दुर्भाव नराखेको नेताहरू बताउँछन् । गिरिजाप्रसादपछि कोइराला परिवारमा शेखरसँग ओलीको राम्रो सम्बन्धन छ । काँग्रेस नेतासँग व्यक्तिगत कुरा गर्न मन लागे ओलीको रोजाइ शेखर नै हुन् ।

प्रधानमन्त्री हुँदा पनि ओलीले देउवापछि महत्त्व दिएर भेटघाट गर्नेमा शेखर कोइराला पर्छन् । पछिल्लो तीन वर्ष ओलीले सत्तामा हुँदा पनि कोइरालासँग पाँचपटक भेटवार्ता गरेका थिए । कोइरालाको सचिवालयका अनुसार तीन पटक राजनीतिक कुराकानी र दुई पटक व्यक्तिगत संवाद भएको थियो ।

कोइरालाका प्रेस संयोजक दिनेशचन्द्र थपलियाले उनीहरूबीच राम्रो सम्बन्ध रहेको बताए । उनले भने, ‘ओली र शेखर दाइको सम्बन्ध राम्रो छ । धेरै मत भिन्नता छैन । ओली प्रधानमन्त्री हुँदा तीनपटक राजनीतिक र दुई पटक व्यक्तिगत कुराकानी भएको थियो ।’

०७६ फागुन १५ मा प्रधानमन्त्री निवास बालुवाटारमा बिहानपख तत्कालीन प्रधानमन्त्री ओली र कोइरालाबीच करिब डेढ घण्टा छलफल भएको थियो । यसबाहेक ओली र शेखरबीचको भेटघाट करिब गोप्य राखिए ।

तत्कालीन नेकपा विभाजनको संघारमा रहेका बेला ०७७ फागुनमा पनि ओली र कोइरालाबीच भेटवार्ता भएको थियो । तर, ओली र कोइरालाबीच मंगलबार भएको भेटले काँग्रेसको संस्थापन पक्षको ध्यानाकर्षण गराएको छ । शेखर कोइराला प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निर्णय र रणनीतिसँग रुष्ट छन् ।

देउवामाथि सत्ता साझेदारको दबाबले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बाध्यता छ भने नेता कोइराला कुनै हालतमा गठबन्धन गर्न नहुने पक्षमा छन् । उनको समूह नै गठबन्धनको विपक्षमा छ ।

प्रदेश १ मा काँग्रेसभित्र तरङ्ग

प्रदेश १ मा भएको राष्ट्रिय सभा निर्वाचन र सरकार विस्तारले ओली र कोइरालालाई नजिक बनाएको बालुवाटारको बुझाइ छ । माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसबाट उम्मेदवार चयन हुँदा कोइरालाको असन्तुष्टि थियो ।

देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई महत्त्व दिएकोमा कोइराला समूह रुष्ट थियो । देउवाले कोइरालालाई बाइपास गरेर पौडेलसँगको समन्वयमा राष्ट्रियसभा उम्मेदवार तय गरेको उनीहरूको बुझाइ थियो ।

यसैबीच, कोइरालाको प्रभाव रहेको प्रदेश एकमा गठबन्धनको प्रतिकुल नतिजा आयो तीन सिटका लागि भएको निर्वाचनमा नेकपा एमालेले एक र गठबन्धनले दुई सिट जितेको थियो ।

नेकपा एकीकृत समाजवादीकी जयन्ती राई विजयी हुँदा जसपामा हेमन्त राई पराजित भने देउवानिकट काँग्रेसका गोपाल बस्नेत गोलाप्रथाबाट निर्वाचित हुने अवस्था बन्यो ।

उक्त परिणाम आउनुमा बालुटावारले कोइराला समूहको असन्तुष्टिलाई कारक मानेको छ । तर, कोइराला पक्षका नेता गुरु घिमिरेले भने यो स्वीकार्य तयार छैनन् । यता माघ २३ गते प्रदेश १ मा सरकार विस्तार हुँदा पनि देउवाले एकलौटी गरेको कोइराला समूहको ठहर छ ।

प्रदेश एकमा संसदीय दलको नेता नै कोइराला समूहको भए पनि देउवाले केन्द्रबाटै एकलौटी रूपमा मन्त्री सिफारिस गरेको उनीहरूको भनाइ छ । यसलाई लिएर शेखर निकट प्रदेश एकमा मन्त्री केदार कार्कीले एक हप्तामा सरकार ढालिदिने चेतावनी दिएका थिए ।

संसदीय दलका नेता राजीव कोइरालामा पनि देउवा पक्षबाट एकलौटी भएको भन्दै असन्तुष्टि छ । यस्तो अवस्थामा कोइरालाले ओलीलाई भेटेपछि काँग्रेसको संस्थापन पक्ष सशंकित बनेको देखिन्छ ।

देउवा पक्षका एक नेताले रातोपाटीसँग भने, ‘केपी ओलीसँग शेखर डाक्टर साबको भेटघाटका पछाडि यी घटना जोडिएका छन् । सभापतिज्यूले वास्ता नगरेपछि उहाँले प्रदेश एकबाट दबाब बढाउन खोज्नुभएको छ ।’ तर, कोइराला पक्षका नेता घिमिरेले भने ओलीसँगको भेटमा पार्टीभित्रको अन्तुष्टिको कुनै सम्बन्ध नरहेको दाबी गरे ।

‘शेखर कोइराला छलछामपूर्ण राजनीति गर्ने मान्छे होइन । उहाँले के खेल गर्दै हुनुहुन्छ भनेर कुनै आशङ्का गर्नुपर्दैन,’ घिमिरेले  भने, ‘उहाँमाथि शंका गर्ने कुरा अराजनीतिक हुन्छ ।’रातोपाटीबाट साभार

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस