On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • आफुभन्दा जेठी महिलासँग किन डेट गर्छन् युवाहरु ? कारण रमाइलो छ
मनोरञ्जन

आफुभन्दा जेठी महिलासँग किन डेट गर्छन् युवाहरु ? कारण रमाइलो छ

सबैलाई थाहा भएकै कुरा हो, अभिनेत्री प्रियंका कार्की नायक आयुष्मान देशराज जोशीसँगको अफेयरमा छिन् । यो पनि थाहा भएकै कुरा हो कि, प्रियंका भन्दा आयुशमान उमेरले कान्छो छन् । अब अर्की प्रियंका अर्थात बलिउड अभिनेत्री पि्रयंका चोपडाको कुरा गरौं । यी अविवाहित अभिनेत्री अहिले आफुभन्दा निकै कम उमेरकै युवासँग डेटमा छिन् । बलिउड एवं हलिउडकी नायिका प्रियंका चोपडा केहिअघि आकाश अंबानी र श्लोका मेहताको मंगनी (इंगेजमेन्ट) समारोहमा आˆना कथित ब्वायफ्रेन्ड निकी जोनाससँग नारिंदै पुगिन् । यी दुईले एकअर्कालाई डेट गरिरहेको बताइन्छ । डेट गर्ने कुरा सामान्य भए पनि मानिसको ध्यान तानिने कुरा के छ भने यी दुईको उमेरमा दस वर्षको फरक छ ।

२५ वर्षे अमेरिकी गायक निकी जोनासले यसअघि पनि थुप्रै सँग डेट गरेका थिए जसमध्ये अधिकांश उनीभन्दा जेठा थिए । यसरी सम्बन्ध राख्ने सेलिब्रेटीहरू बलिउड एवं हलिउडमा थुप्रै छन् । नेपालमा पनि यस्तो नभएको होइन । अक्सर हामीकहाँ विवाहको कुरा गर्दा पुरुषभन्दा कम उमेरकी दुलही खोजिन्छ । यसको धार्मिक, समाजिक, मनोवैज्ञनिक पक्ष के छ ? त्यसतर्फ नलागौं । यद्यपी पुरुषले आफ्ना जोडीको रुपमा कम उमेरकै महिला खोज्ने गर्छन् । अधिकांश दम्पतीलाई हेर्ने हो भने पनि उनीहरुमा पतिको भन्दा पत्नीको उमेर कम पाइन्छ । तर, पछिल्लो परिस्थिती फरक छ । कतिपय युवाहरु, जो आफुभन्दा बढी उमेरका महिलासँग रमाउन थालेका छन् ।

विज्ञापन

सेलिब्रेटी मात्र हो र ? सर्वसाधारणमा पनि आफूभन्दा बढी उमेरका महिलासँग प्रेम गरेरै विवाह गर्ने पुरुष थुप्रै छन् । परम्पराले कम उमेरका महिलासँग मात्र विवाह गर्नुपर्छ भनेको भए पनि बढी उमेरका महिलासँग सम्बन्ध राख्न चाहने पुरुषको संख्या ठूलो छ । सामान्यतः केटाहरू बढी उमेरका महिलाप्रति आकषिर्त हुन्छन् । आखिर किन केटाहरू आफूभन्दा बढी उमेरका महिलाप्रति आकषिर्त हुन्छन् त ? केही कारण यस्ता छन्-

विज्ञापन

मानसिक रूपले स्वतन्त्र: बढी उमेरका महिलाहरू युवती तथा किशोरीहरू भन्दा फरक हुन्छन् । उनीहरू मानसिक रूपले स्वतन्त्र हुन्छन्। उनीहरू कामकाजी हुन्छन। उनीहरूलाई अर्काको सहारा आवश्यक पर्दैन ।

समझदार: बढी उमेरका महिलाहरू बढी अनुभवी एवं समझदार हुन्छन् । यही कारण हिजोआजका युवकहरू आफूभन्दा बढी उमेरका महिलालाई पहिलो रोजाइमा राख्छन् । बढी उमेरका महिलाहरू आत्मविश्वासी हुन्छन् र निर्णय लिन सक्षम हुन्छन् । यसकारण युवकहरू त्यःता महिलाप्रति बढी भरोसा राख्न सक्छन् ।

आर्थिक सुरक्षा: प्रेमसँगै सेटलमेन्टको चिन्ता छ भने आर्थिक पक्षले अहम् भूमिका हुन्छ । हिजोआज केटीहरू मात्र होइन केटाहरू पनि आर्थिक सुरक्षाप्रति सचेत हुन्छन् । आर्थिक रूपमा सेटल हुने क्रममा उमेर बितेछ नै भने पनि उनीहरू त्यति चिन्तित हुँदैनन् ।

इमानदार: प्रेम सम्बन्धमा सम्मान र पेस, दुवैको एक अलग महत्व हुन्छ । उमेरदार महिलाहरू यो कुरालाई राम्रोसँग बुझ्छन् कि यदि कसैप्रति आफ्नो रुची छैन भने उसलाई धोका दिनुभन्दा मनको कुरा प्रष्टसँग बताइदिनु उत्तम हुन्छ । बढी उमेरका महिला सम्बन्धप्रति इमानदार त हुन्छन् नै यसबाहेक आफ्नो साथीको भावनाको सम्मान पनि गर्छन् ।

परिवार बसाउन तयार: बढी उमेरका केटीहरू करिअरमा सेटल भैसकेका हुन्छन् । यस्तो अवस्थामा उनीहरूलाई परिवार बसाउन कुन समस्या पर्दैन । उनीहरूको यही सकारात्मक पक्ष केटाहरूलाई आफूतिर तान्न सहयोगी हुन्छ ।

सम्बन्धलाई सम्हाल्न कुशल: कच्चा उमेरमा गरिने प्रेमको उमेर लामो हुँदैन किनभने कलिलो उमेरमा कुनै पनि कुरालाई गम्भीरतापूर्वक लिइदैन । तर ३० वर्षको आसपासमा पुगेपछि केटीहरूमा गम्भीरता आउन थाल्छ । र उनीहरू सम्बन्धलाई समझदारीपूर्वक सम्हालेर राख्न सक्षम भएका हुन्छन् ।

केयरिंग स्वभाव: सामान्यतः सम्बन्धमा केटाहरूले केटीहरूलाई बढी लाडप्यार गरिरहेको देखिन्छ । तर केटीको उमेर केटाको भन्दा बढी छ भने केटीहरूले केटालाई सामान्यतः बच्चासँग जस्तो व्यवहार गर्छन् र ससाना कुरामा पनि ख्याल राख्छन् । उनीहरू केटाका लागि केही प्रोटेक्टिभ पनि हुन्छन् । र, केटीहरूको यही व्यवहार धेरैजसो केटाहरूलाई मन पर्छ ।

कुरा गर्ने तरिका: बढी उमेरका महिलासँग कुराकानिका टपिक पनि धेरै हुन्छन् । अनुभवका कारण उनीहरू ब्यूमटी विथ माइन्ड हुन्छन् । आˆनो दिमाग केवल सुन्दर देखिन र सपिङ्ग गर्नमा मात्र खर्च गर्दैनन्, बरु उनीहरूसँग कुराकानी गर्ने तथा कुराकानीलाई रमाइलो बनाउने अनेक तरिका हुन्छन् । उनीहरूले सार्वजनिक स्थलमा पनि आफूलाई रिप्रजेंट गर्न जानेका हुन्छन् । यस्तो कुराले केटाहरूलाई छिटै प्रभाव पार्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस