एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०का बारेमा गठबन्धन सरकारको औपचारिक धारणा पर्खिरहेको बताएका छन् । नेता डा. भट्टराईले भने, “हामी अहिले पनि के भन्छौं भने वर्तमान ५ दलीय गठबन्धन नेकपा एमालेका विरुद्धमा केपी ओलीलाई हटाउन डिजाइन गरिएको हो । जनताका सवालमा यसको कुनै साझा दृष्टिकोण छैन ।
एमसीसीबारे परस्पर विरोधी धारणा आइरहेका छन् । एमालेसँग मिलेर जान चाहेको भने कांग्रेसले आफूलाई करेक्सन गरेर देखाउनुपर्यो नि । उसले साझा वा छुट्टाछुट्टै धारणा बनाएपछि हामी आवश्यक निर्णय लिन्छौं । गैर सांसदलाई राखेर चलाउने सभामुखले कानुनको उल्लंघन गर्दा कांग्रेसले किन नबोलेको भनी प्रश्न पनि गरे । उनले भने, “माघ १७ गतेका लागि बोलाइएको संसद् २६ गतेलाई सारियो ।
विज्ञापन
सभामुख कहाँबाट चलिरहेका छन् रु हिजो हामीले सभामुखको कुरा भन्दा कांग्रेस के गरिरहेको थियो ? डा.भट्टराईले सरकारले गराउने स्थानीय तहको निर्वाचनमा आफ्नो दलको पूर्ण समर्थन र साथ रहने बताए । चुनावमा गठबन्धन नगरी एक्लै जाने पनि उनले औंल्याए । महाकाली नदीमा नेपाल र भारतबीच पुल निर्माणको सहमति हुनु राम्रो कुरा भएको पनि उनले टिप्पणी गरे । डा. भट्टराईले भने नेपाल र भारतका बीचमा सहज आवतजावतका लागि पुल निर्माण हुँदा हामीले विरोध जनाउनुपर्ने कुनै कारण छैन ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु