On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गठबन्धनमा खटपट : एमालेलाई ‘बोक्ने’ देउवाको संकेत
समाचार

गठबन्धनमा खटपट : एमालेलाई ‘बोक्ने’ देउवाको संकेत

काठमाडौँ ।

अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयलाई लिएर सत्ता गठबन्धन दलबीच दूरी बढ्ने संकेत देखिएको छ ।

विज्ञापन

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै एमसीसी पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएपछि सत्ता साझेदार दलबीच फाटो आउने देखिएको हो ।

विज्ञापन

स्थानीय तहको निर्वाचन जेठभित्रै गर्न शनिबार सहमत भएका नेताहरुले एमसीसीको बारेमा समेत छलफल गरेका थिए ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसहित उच्चस्तरीय समन्वय समितिका सदस्यहरु थिए ।

स्रोतका अनुसार देउवाले उक्त छलफलमा एमसीसी पास नभए पाँचदलीय गठबन्धन तोड्ने नै चेतावनी दिएका छन् । अमेरिकाले १ फेब्रुअरीसम्म अनुमोदन गराउन देउवालाई दवाव दिँदै नगराए एमसीसी परियोजना फिर्ता लैजाने बताइसकेको छ ।

यस्तोमा प्रधानमन्त्री देउवालाई एमसीसी एक महिना (१ फेब्रुअरी) भित्र पारित गर्नै पर्ने दबाब छ । आइतबार र सोमबारका लागि संघीय संसदका दुबै सदको बैठक बोलाएको थियो । आइतबारका लागि बोलाइएको बैठकमा एमसीसीको प्रस्ताव राख्न प्रधानमन्त्रीले अनौपचारिक रुपमा सभामुख अग्नी सापकोटालाई अनुरोध गरेका थिए ।

तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहमत नभएपछि सभामुखले एमसीसीको विषय बैठकको कार्यसूचीमा राखेनन् ।

कार्यसूचीमा एमसीसी नराखिएपछि प्रधानमन्त्री देउवाले नै बैठक स्थगित गर्न भनेका थिए ।
पछि संसद सचिवालयले कोरोना संक्रमणको कारण देखाउँदै शनिवार नै १० दिन पर सर्ने गरि प्रतिनिधि सभाको बैठक स्थगित भएको सूचना जारी गर्यो । त्यस्तै सोमबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ ।

माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता झलनाथ खनाल यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने पक्षमा छन् ।

स्रोतका अनुसार शनिबारको छलफलमा पनि नेता श्रेष्ठले एमसीसीमा समावेश भएका केही बुँदाहरु नसच्चिएसम्म अनुमोदन नहुने बताएका थिए । तर प्रधानमन्त्री देउवाले कड्किँदै संसदमा प्रस्ताव पेश गर्ने अडान राख्दै ‘तपाईंहरु सहमत भए हुनुस नभए नहुनुस ! एमसीसी यही अधिवेशनबाट पारित गर्नुपर्छ नत्र भने गठबन्धन तोड्छु’ भनेका थिए ।

स्रोतका अनुसार देउवाले गठबन्धन ताेड्ने भनेपछि छलफलमा एकछिन चर्काचर्की नै भएको थियो । यस्तोमा गठबन्धन फुटतिर लागेको होकि भन्ने अनुमान लगाउन सकिन्छ । विसं २०७४ सालमा कांग्रेस नेतृत्वको सरकार हुँदा हस्ताक्षर भएको सम्झौता जस्ताको तस्तै पास गर्नुपर्नेमा देउवाको अडान छ ।

यता प्रचण्ड र माधव नेपाल संघीय निर्वाचनसम्म गठबन्धन रहे मात्रै एमसीसी पास गर्ने पक्षमा छन् । उनीहरुले देउवाको फाईदा उठाउँदै संघीय निर्वाचनसम्म तीन दलको गठबन्धन कायम रहनुपर्ने सर्त अघि सारेका छन् ।

आगामी कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने कांग्रेसभित्रको आवाज ठूलो छ । यस्तोमा प्रधानमन्त्री एक्लैले चाहेर गठबन्धन हुन सक्दैन । नेपाली कांग्रेसले गठबन्धन लत्याएर नेकपा एमालेसँग सत्ता सहकार्य गर्न सकिने आधार समेत तय भएको स्रोतको दाबी छ ।

यदि एमसीसी गठबन्धन दलले सहमतिमा पास गर्ने सहमति नभए यो गठबन्धन टुट्न सक्ने संकेत देखिएको छ । शनिबारको छलफलमा दुई नेताबाट सकारात्मक संकेत नदेखिएपछि प्रधानमन्त्री देउवाले आइतबार पनि श्रेष्ठ र खनालसँग एमसीसी अनुमोदन गर्ने विषयमा नै संवाद गरेका थिए ।

तर दुबै नेताबाट सकारात्मक जवाफ नपाएपछि देउवाले एमालेको साथ लिएर भएपनि एमसीसी अनुमोदन गराउनतिर लागेको स्रोतले बतायो । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने एमसीसी हाम्रो विषय नभएको भन्दै मौन छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस