On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • महासचिवमा पुन र शर्मा बीच प्रतिस्पर्धा गराउने माओवादी केन्द्रको तयारी
समाचार

महासचिवमा पुन र शर्मा बीच प्रतिस्पर्धा गराउने माओवादी केन्द्रको तयारी

काठमाडौं ।

माओवादी केन्द्रले २०७८ माघ २७ गते दोस्रो केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डले माघ २७ गतेका लागि केन्द्रीय बैठक बस्ने सूचना देशभरका केन्द्रीय कमिटी सदस्यलाई खबर पठाईसकेका छन् ।

विज्ञापन

 

विज्ञापन

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको खबर पठाए लगत्तै माओवादी नेता वर्षमान पुन चीनबाट उपचार छोट्याएर २०७८ माघ १० गते नेपाल आएका छन् । पुन नेपाल आएको भोलिपल्ट माघ ११ गते विहान नै प्रचण्ड निवासमा पुगेका थिए । पुन नेपाल ओर्लिने क्रममा विमानस्थललमा महासचिवको दाबी गर्ने बताएका थिए ।

त्यसैको सिलसिलामा आफ्नो दाबी बलियो बनाउनकै लागि पुन चाँडो नेपाल आएको माओवादी केन्द्रका नेताहरु बताउन थालेका छन् । नेपाल आएपछि पुनले महासचिवको दौडलाई तीव्र बनाएका छन् । पुनको प्रतिस्पर्धामा देखिएका अर्थमन्त्री जनार्दन शर्मा केन्द्रीय कमिटीमा तुलनात्मक रुपमा बलियो देखिएपछि अब पुन र शर्मावीच प्रतिस्पर्धा हुने संभावना बढेको माओवादीका एक पूर्वस्थायी कमिटी सदस्यले बताए ।

ती सदस्यका अनुसार, प्रचण्डले सहमतिमा महासचिव छान्न नसक्ने देखिए शर्मा र पुनलाई निर्वाचनमा लैजान सहमति जनाउने तयारी भएको छ । शर्माले प्रचण्डसहित अन्य नेताहरुवीचको छलफलमा चुनावबाटै महासचिव चयन गर्न प्रस्ताव गरिरहेका थिए ।

 

त्यही प्रस्तावका आधारमा प्रचण्डले शर्मा र पुनलाई निर्वाचनमा जान दिने मुडमा देखिएका हुन् । माओवादी स्रोतका अनुसार, महासचिवका दाबेदार शक्ति बस्नेत, पम्फा भुसाल, देव गुरुङ, कृष्णबहादुर महरालगायतका नेताहरु सहमतिबाट मात्रै अगाडि बढ्ने मनसायमा छन् ।

महासचिवका दाबीमा बस्नेत र भुसालको मात्रै बढी देखिएको हो । तर, पछिल्ला दिनमा बस्नेत पनि पुनलाई सहमति दिन तयार देखिएका छन् । त्यसैले भुसाल भने मौन देखिएकी छिन् । भुसालको नाममा सहमति नहुने अवस्थामा पुन र शर्माको प्रतिस्पर्धा अनिवार्यजस्तै भएको बताइन्छ ।

अर्का नेता गुरुङले भने महासचिवको दौडमा नरहेको बताइसकेका छन् । महराले पहिला नै दौड छोडेका हुन् । भुसाल मौन बसिरहेकी छिन् । त्यसैले शर्मा महासचिवको दाबी छोड्ने पक्षमा छैनन् ।

पुनले पनि चीनदेखि नै दाबी गरेका कारण यसपटक माओवादीमा महासचिवका लागि चुनाव हुने निश्चितजस्तै देखिएको हो । अहिले पदाधिकारी चयनका मनोनय दर्ताका लागि समय निर्धारण गर्ने तयारी भइरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस