सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल
समाचार

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म गर्न सकिने संवैधानिक र कानूनी सुविधा सत्ता गठबन्धनलाई रहेको बताएका छन् ।

विज्ञापन

रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई नेकपा एसमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७९ चैतसम्म स्थानीय तहको चुनाव गराउन सकिने भए पनि आउने मंसिरभित्र तीनै तहको चुनाव गराउने छलफल गठबन्धनमा भइरहेको बताए ।

विज्ञापन

नेपालले भने, ‘हामी पाँच दल मिलेरै चुनावमा जान्छौं । आउने असोज, कात्तिक मंसिर महिनामा केन्द्रको चुनाव, प्रदशको चुनाव र स्थानीय चुनावमा जानेछौं । यसमा छलफल चलिरहेको छ । अहिले देखि नै तयारी गर्नुपर्छ । पार्टी प्रवेश अभियान प्रशिक्षण अभियान चलाउनुपर्छ ।’

अध्यक्ष नेपालले २०७४ असोज ७ गते स्थानीय तहको अन्तिम मत परिणाम आएकोले त्यसैलाई आधार मानेर अर्को चैतसम्म चुनाव गर्नुपर्ने बताए ।

संविधानमा गाउँसभा र नगरसभाको चुनाव सम्पन्न भएको ५ वर्ष पुगेको ६ महिनाभित्र अर्को चुनाव गराउने व्यवस्था रहेकाले एमालेको वितण्डाको अर्थ नरहेको नेपालले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस