सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रको महासचिव : जनार्दन र वर्षमान बिच सहमति नभए यी नेताले बाजी मार्न सक्छन्
समाचार

माओवादी केन्द्रको महासचिव : जनार्दन र वर्षमान बिच सहमति नभए यी नेताले बाजी मार्न सक्छन्

काठमाडौं। 

 आकांक्षीहरु धेरै भएपछि महाधिवेशन सकिएको झण्डै एक महिना बित्दासमेत नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। मुख्य रुपमा माओवादी केन्द्रको महासचिव कसलाई बनाउने भन्नेमा सहमति जुटन नसकेपछि महाधिवेशनको बन्दसत्रले पदाधिकारी चयन गर्न नसकेको हो। बन्दसत्रले पदाधिकारीसहितको विधानमा आवश्यक परिमार्जन गरेर अन्तिम रुप दिने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिइएको छ।

विज्ञापन

केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्वत चयन गर्‍यो। तर, आकांक्षीहरुको संख्या बढ्नु र आन्तरिक विवादले केन्द्रीय कमिटीको पहिलो बैठकबाट पनि अन्य पदाधिकारीको चयन हुन सकेनन्। मुख्यत नेकपा माओवादी केन्द्रको महासचिव चयनमा सकस देखिएको छ।

विज्ञापन

महासचिव बन्न कृष्ण बहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, वर्षामान पुन, जनार्दन शर्मा र शक्ति बस्नेतले तिव्र लबिङ गरेका थिए। चीनमा उपचार गराइरहेका वर्षामान पुनले टेलिफोनबाटै महासचिवमा दावी गरेका थिए। तर उनीहरुबीच सहमति जुटन नसकेपछि महासचिव लगायतका पदाधिकारी चयन टुङ्गो लाग्न सकेको छैन। महरालाई महासचिव बनाउन अध्यक्ष प्रचण्ड सकरात्मक छन् तर पार्टीका अन्य नेताहरुले महराको विरोध गरे। महरालगायत महासचिवका अन्य आकांक्षीलाई अन्य पदमा व्यवस्थापन गर्ने पक्षमा छन् प्रचण्ड। तर महासचिवका बलिया दावेदार शर्मा र पुन मिलाउन प्रचण्डलाई थप सकस भएको माओवादीका नेताहरु बताउँछन्। शर्मा र पुनको विकल्पमा समेत प्रचण्ड छलफलमा जुटेका छन्।

महाधिवेशनबाट पुनबाहेकका यहाँका दावेदारबीच महासचिवमा सहमति जुटन नसकेपछि अध्यक्ष प्रचण्डले पदाधिकारी चयन स्थगित गरे। त्यसपछि चीनबाटै पुनले महासचिव पदमा आफ्नो दावी कडा ढंगले नेतृत्व समक्ष प्रस्तुत गरे। महासचिवमा पुनको दावीले अध्यक्ष प्रचण्डलाई समेत पदाधिकारी चयन प्रक्रिया स्थगन गर्न बाध्य पार्‍यो।

चीनमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरुसँग समेत भेटघाट र छलफल गरे। चीनमा उपचारपछि सोबार साँझ पुन स्वदेश फर्किएसँगै नेकपा माओवादी केन्द्रमा पदाधिकारी चयन प्रक्रिया अघि बढेको छ। विमानस्थलमा उत्रिएपछि पुनले महासचिव पदमा आफ्नो दावी रहेको मात्र भनेनन् चुनावनै हुने अवस्था आएपनि आफू लडने बताएका छन्। पुनको यो अभिव्यक्तिले माओवादी केन्द्रमा महासचिव छान्न प्रचण्डलाई थप सकस हुने देखिएको छ। अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्माले महासचिवमा बलियो दावी पेस गरेका छन्। तर अध्यक्ष प्रचण्डसहितका अधिकांश नेताहरु शर्मालाई महासचिव बनाउन तयारी नभएको स्रोतले बताएको छ।

अध्यक्ष प्रचण्डको रोजाई समेत पुन नै भएको माओवादी केन्द्रका एक नेताले  बताए। उसो त अर्थमन्त्री शर्मासमेत सहजै महासचिवको दावेदारीबाट पछि हटने पक्षमा छैनन्। पुन र शर्मा महासचिव पदको दावेदारबाट टसकोमस नभए प्रचण्डले अर्को विकल्प खोज्ने स्रोतले बताएको छ। अध्यक्ष प्रचण्डको अर्को विकल्प हो, शक्ति बस्नेत। शर्मा र पुनबीच सहमति नजुटे बस्नेतलाई सर्वसम्मत बनाउने प्रयास हुने र बस्नेतलाई पुनले समर्थन गर्ने बलियो सम्भावना भएको स्रोतले बताएको छ। महासचिव पदको चुनाव नै भए बस्नेतले पुनलाई सघाउने निश्चित प्राय रहेको माओवादी स्रोतले जानकारी दिएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस