आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • दुई नेतालाई मन्त्री बनाउँदै देउवा, यी नेताको खुल्ने भो भाग्य
समाचार

दुई नेतालाई मन्त्री बनाउँदै देउवा, यी नेताको खुल्ने भो भाग्य

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनापछि निजी सचिवालय गठन गर्ने तयारी गरेका छन् । एक दुई दिनभित्रै देशवासीको नाममा सम्बोधन गर्ने तयारीमा रहेका देउवाले लगत्तै दुई मन्त्री बनाउने र निजी सचिवालय गठन गर्ने भएका छन् ।

विज्ञापन

प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत एक सदस्यले एक दुई दिनभित्रै राष्ट्रका नाममा सम्बोधन गर्ने र सचिवालयलाई पूर्णता दिन लागेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री देउवाले खाली रहेका रक्षा र उद्योग मन्त्रालयमा दुई मन्त्री ल्याउने भएका छन् ।

विज्ञापन

त्यसका लागि उनले पार्टीमा आन्तरिक छलफल अघि बढाएका छन् । रक्षामन्त्रीबाट डा.मिनेन्द्र रिजालले राजीनामा दिएपछि मन्त्रालय खाली छ । सो पदमा कसलाई ल्याउने भन्ने छलफल चलिरहेको छ ।

स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्री बनाउने र गृहमन्त्रीमा प्रकाशमान सिंहलाई ल्याउने चर्चा सुरु भएको छ । कांग्रेसको १४औं महाधिवेशनमा नेता सिंहले देउवालाई समर्थन गरेका थिए ।

त्यसबेला नै राजनीतिक भागबन्डाको सहमति भएको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेसमा आन्तरिक सन्तुलन मिलाइराख्न पनि सिंहलाई मन्त्री बनाउन लागेको बुझिएको छ । यस्तै, प्रधानमन्त्री देउवाले खाली रहेको उद्योग मन्त्रालयमा उमेश श्रेष्ठलाई मन्त्री बनाउने चर्चा छ ।

अहिले श्रेष्ठ राज्यमन्त्री छन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी राखिएको छ । कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भए श्रेष्ठलाई मन्त्री बनाउने देउवाले आश्वासन दिएको र त्यही कारण उद्योग मन्त्रीमा श्रेष्ठ आउने बालुवाटार स्रोतले बतायो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस