आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • अपहरण प्रकरणका कारण महेश बस्नेत तनावमा !
समाचार

अपहरण प्रकरणका कारण महेश बस्नेत तनावमा !

काठमाडौँ ।

एमाले विभाजन हुँदा केपी ओलीलाई साथ दिने योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आले लागेका छन् ।

विज्ञापन

१५ महिना पर्यटनमन्त्री बन्दा भट्टराईले गरेका एक एक कर्तुतको पोल मन्त्री आलेले मिडियामा खोलिसकेका छन् । यसले आगामी चुनावमा भट्टराईलाई हराउन महत्वपूर्ण भूमिका खेल्ने आलेको अनुमान छ ।

विज्ञापन

सोही कारण हालै प्राइम टेलिभिजनमा दिएको अन्तर्वार्तामा आलेले भट्टराईले राज्यलाई पारेको व्ययभार र तत्कालीन एमाले नेताहरूको भ्रष्टाचारको पोल एकएक गरेर खोलेका थिए । प्रेम आले अहिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा छन् ।

सोही पार्टीमा रहेका अर्का नेता एवं श्रममन्त्री किसान श्रेष्ठ पनि केही दिनपछि तत्कालीन एमाले नेतृत्व र सो पार्टीबाट मन्त्री बनेकाको आर्थिक अनियमितताको पोल खोल्ने तयारी लागेको स्रोतले बतायो । एमालेमा रहँदा श्रेष्ठ सांसद अपहरण काण्डमा मुछिएका थिए ।

श्रेष्ठ, महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनाल मिलेर तत्कालीन संघीय समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर काठमाडौं ल्याएर होटलमा राखिएको थियो ।

तत्कालीन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा यादवलाई काठमाडौं ल्याइएको र पार्टी प्रवेश गराउने तयारी भएको समाचार आएको थियो । सांसद अपहरण काण्ड निकै चर्चित भयो ।

यही काण्डपछि तत्काल संघीय समाजवादी र राजपाबीच एकता भएर जसपा गठन भएको थियो । अहिलेसम्म सांसद श्रेष्ठले सांसद यादवलाई किन र कसको निर्देशनमा काठमाडौं ल्याइएको हो भन्ने बाहिर खोलेका छैनन् ।

उनले चुनावताका सांसद अपहरणकाण्डबारे बोल्ने भएका छन् । यदि उनले तत्कालीन एमाले नेतृत्वले नै यादवलाई काठमाडौं ल्याउन निर्देशन दिएको खोलेमा केपी ओलीको मात्र होइन, महेश बस्नेत, सर्वेन्द्र खनालको भविष्य पनि दाउमा लाग्ने छ ।

जसरी अहिले प्रेम आलेले योगेश भट्टराईका कर्मकाण्ड बाहिर ल्याएका छन्, श्रेष्ठले पनि त्यही अनुशरण गर्ने बुझिएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस