On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • धर्मशाला त फाइभ स्टार हैन ‘सेभेन स्टार’ होटेल बनाएछन्, अब दूध र पानी छुट्टिन्छ : मन्त्री आले
समाचार

धर्मशाला त फाइभ स्टार हैन ‘सेभेन स्टार’ होटेल बनाएछन्, अब दूध र पानी छुट्टिन्छ : मन्त्री आले

काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिस्थित धर्मशाला अतिक्रमणबारे निरीक्षण गरेका छन् । बतास समूहले होटलका रुपमा सञ्चालन गरिरहेको उक्त धर्मशालाको निरीक्षण गर्दा आफू छक्कै परेको बताएका छन् ।

विज्ञापन

आइतबार आफ्नो टोलीसहित धर्मशाला निरीक्षणमा पुगेका मन्त्री आलेले भने ‘धर्मशाला त फाइभ स्टार होइन, सेभेनस्टार होटलकै रुपमा बनाएछन् । छानबिन गरेर दूधको दूध पानीको पानी छुट्याउँछौँ । धर्मशाला बेच्नेलाई कारबाही गरेर छाड्छौँ ।’ उनले कसरी टेण्डर गरिएको रहेछ र कहाँसम्मको साँठगाँठ रहेछ भन्नेबारे छानबिन समितिको प्रतिवेदनपछि थाहा हुने बताए ।

विज्ञापन

उनले यसबारे छानबिन गर्न समिति गठन गरिसकेको र भोलिसम्म प्रतिवेदन आउने बताएका छन् । प्रतिवेदनको आधारमा आफूले थप कदम चाल्ने मन्त्री आलेको भनाइ थियो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । प्रतिवेदनपछि थप निर्णय लिइने उनले बताए ।

पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सुविधा दिने उद्देश्यले भारत सरकारले धर्मशाला बनाइदिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उक्त धर्मशालाको उद्घाटन गरेका थिए । यसको निर्माणमा भारतले २५ करोड भारु लगानी गरेको बताइएको छ । तर पछिल्लो समय माफियाहरुले उक्त धर्मशाला निजी व्यावसायिक प्रयोजनमा अतिक्रमण गरेका छन् । बतास समूहले होटेल आनन्द नाममा उक्त धर्मशालामा व्यवसाय चलाइरहेको छ ।

निरीक्षणपछि मन्त्री आलेले एकै कोठाको एक दिनको भाडा नै खाना–खाजाबाहेक ७ हजारसम्म लिने गरेको बताए । उनले भने, ‘यो त धार्मिक पर्यटकीयस्थल पनि हो । सस्तो र सुलभ मूल्यमा भक्तजनले बस्न पाउनुपर्नेमा यहाँ त सेभेन स्टार होटलजस्तै चलाइएको रहेछ । । प्रतिवेदन आएपछि कारबाही अघि बढाउछौँ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस