शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • प्रहरी निरीक्षक प्रकाश थापाको एक्सन : पिकअप भ्यानमा लुकाएको चरेससहित ३ प’क्राउ
समाचार

प्रहरी निरीक्षक प्रकाश थापाको एक्सन : पिकअप भ्यानमा लुकाएको चरेससहित ३ प’क्राउ

हेटौंडा । 

मकवानपुर प्रहरीले २० किलो चरेस र १० किलो गाँजासहित ३ जना प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा गाडि चालक मकवानपुरको राक्सिराङ–६ का ३३ बर्षीय सन्तबहादुर थिङ, २७ बर्षीय ललितबहादुर थिङ र चितवन राप्ति नगरपालिका वडा नम्बर ११ का २८ बर्षीय रामबहादुर तामाङ रहेका छन् ।

विज्ञापन

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको टोलीले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको लु३च ९७४ नम्बरको पिकअप गाडिलाई जाँच गर्दा लुकाईको अवस्थामा २० किलो ५०० ग्राम चरेस र १० किलो गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुरेन्द्र गरूङले जानकारी दिए । उनीहरुमाथि आवश्यक अनुसन्धान अघि बढाएको एसपी गरूङले बताए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस