On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीलाई नेपालको आरोप- ‘बिचराको हालत ! बालुवाटारबाट बालकोट पुग्नेबित्तिकै भुक्नु परेछ’
समाचार

ओलीलाई नेपालको आरोप- ‘बिचराको हालत ! बालुवाटारबाट बालकोट पुग्नेबित्तिकै भुक्नु परेछ’

काठमाडौँ । 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट निकालिएको पीडा खप्न नसकेपछि ‘भुक्दै हिँडेको’ आरोप लगाएका छन् ।

विज्ञापन

 

विज्ञापन

 

ओलीको कडा आलोचना गर्दै नेता नेपालले कोही डाक्टर भए उपचार गरिदिन पनि सुझाव दिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओलीले आफूले गज्जब काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोपसमेत लगाए ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको नेता नेपालको टीप्पणी थियो । यस्तै ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरूले अलग पार्टी बनाएको उनको दाबी थियो ।

अध्यक्ष नेपालले भने, ‘अहिले तपाईँहरूलाई थाहा छ, केपी ओलीका लागि राप्रपा प्यारो छ । महन्थ ठाकुर प्यारा छन्, केपी ओलीका लागि । विदेशीहरू प्यारा छन् उनका लागि । तर आफ्नै पार्टीका कार्यकर्ताहरू, जसले उनलाई बा भन्दैनन् । जसले उनलाई पुज्दैनन् । जसले उनको भजन गाउँदैनन् उनीहरू प्यारा छैनन् । विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरूको जुलुस त्यहाँ पुग्ने गर्छ । तर बालुवाटारबाट बिदा हुने बेलामा त्यहाँ कोही जाँदैनन् । तर केपी बा’को तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुस जस्तै । बालकोट पुग्यो । बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने प्रधानमन्त्रीबाट निकालेको पीडा । पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ । तपाईँहरूमध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । बिचराको त्यो हालत ! बालुवाटारबाट बालकोट पुग्ने बित्तिकै भुक्नु परेछ । कारण के हो भन्दा उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । म भन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो ।’

 

यस्तै एमालेमा ओली प्रवृत्ति हाबी भएको भन्दै आफूहरू त्यो भोग्दाभोग्दै दिक्क भएको उनको भनाइ थियो । यस्तै नेता ओलीले दाहालको टाउकोमा चढेर आफूलाई अग्लो देखाउने उद्देश्य राखेको पनि नेता नेपालको टिप्पणी थियो ।

‘त्यो उद्देश्य भनेको हाम्रो प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूँलाई सिँढीको रुपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति । अनि त्यही प्रवृत्तिले दम्भ सवार भयो । पछि पार्टीमा हेप्न थाल्नुभयो । बैठक नै नगर्ने,’ नेपालले भने ।

ओलीले पार्टीभित्र पनि आफूलाई ‘बा’ भन्नेहरूलाई मात्रै नजिक ठान्ने र संरक्षण गर्ने गरेको उनको टिप्पणी थियो । तर ओली जस्तै दम्भी नबन्न उनले आफ्ना कार्यकर्तालाई पनि सचेत गराएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस