On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्र देशभक्त र जनतान्त्रिक शक्ति : मोहनविक्रम
समाचार

माओवादी केन्द्र देशभक्त र जनतान्त्रिक शक्ति : मोहनविक्रम

नेकपा (मसाल) ले नेकपा (माओवादी केन्द्र) कम्युनिष्ट पार्टी नरहेको ठहर गरेको छ।

माओवादीले आधारभूत रुपमै कम्युनिष्ट सिद्धान्त परित्याग गरिसकेका कारण अब त्यो कम्युनिष्ट पार्टी नरहेको मसालको धारणा छ।

विज्ञापन

महामन्त्री मोहनविक्रम सिंहले बिहीबार वक्तव्य जारी गर्दै माओवादी केन्द्र दक्षिणपन्थी संगठनमा संक्रमित भइसकेको ठहर गरेका छन्।

विज्ञापन

माओवादीको आठौं महाधिवेशनबाट पारित दस्तावेजले पनि कम्युनिष्ट पार्टीको सिद्धान्त समात्न नसकेको मसालले बताएको छ।

तर, महाधिवेशनले संगठनमा आएको विचलनलाई स्वीकार गर्दै त्यसमा सुधार गर्ने प्रतिवद्धता गरेकोमा मसालले त्यसलाई सकारात्मक रुपमा लिएको जनाएको छ। साथै, माओवादी कार्यकर्तालाई सो पार्टीलाई कम्युनिष्ट पार्टीमा रुपान्तरणको प्रयास गर्न पनि मसालले आग्रह गरेको छ।

सिंहले माओवादी केन्द्र कम्युनिष्ट संगठन नभएपनि देशभक्त र जनतान्त्रिक शक्ति भने रहेको स्पष्ट पारेका छन्। वर्तमान अवस्थामा प्रतिगमन र एमसीसी सम्झौताविरुद्ध दृढता नदेखाए पनि माओवादीको सकारात्मक भूमिका रहेको मसालको ठहर छ।

‘हामीले बारम्बार यो स्पष्ट गरिसकेका छौँ कि माओवादी केन्द्र अब कम्युनिस्ट पार्टी रहेको छैन र त्यो अब दक्षिणपन्थी संशोधनवादी सङ्गठनमा बदलिएको छ। माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूबाट त्यसको धेरै नै विचलन भइसकेको छ’ सिंहले भनेका छन्, ‘तैपनि त्यसलाई हामीले देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्ति मान्दछौँ। त्यसैले त्यो हाम्रो मित्रशक्ति पनि हो।’

महाधिवेशनमा गरिएको समीक्षा, आत्मालोचना र निर्णयहरूबाट एउटा देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिको रूपमा त्यसको भूमिका अरू सकारात्मक, सशक्त र उच्च बन्दै जाओस् भन्ने कामना पनि मसालले गरेको छ।

‘अहिले उनीहरूको दक्षिणपन्थी संशोधनवादी दिशामा जुन हदसम्म संक्रमण भइसकेको छ, त्यसमाथि विचार गर्दा त्यो कार्य अर्थात् कम्युनिस्ट पार्टीको रूपमा रूपान्तरण गर्ने कार्य सजिलो हुने छैन’ वक्तव्यमा भनिएको छ, ‘तैपनि हामीले माओवादी केन्द्रका सबै कार्यकर्ताहरूसित त्यो दिशामा अगाडि बढ्नका लागि उनीहरूको ध्यानाकर्षित गर्न चाहन्छौँ र त्यसो हुन सकेमा त्यसबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई नै धेरै मदत पुग्नेछ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस