शनिबार, कार्तिक २८, २०८३
  • होमपेज
  • समाचार
  • देश बेरोजगार उत्पादन गर्ने कारखाना बन्यो : राजेन्द्र लिङदेन
समाचार

देश बेरोजगार उत्पादन गर्ने कारखाना बन्यो : राजेन्द्र लिङदेन

काठमाडौं ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् ।

विज्ञापन

गणतन्त्र आएको १३ वर्ष भइसक्दा पनि युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम गर्न नसकेको उनको भनाइ छ ।

विज्ञापन

मंगलबार जनकपुरमा पार्टीले आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘दलहरूको अक्षमताका कारण ५५ लाख युवा वैदेशिक रोजगारमा देशबाहिर छन् ।

गणतन्त्रवादी दलहरूले देशलाई बेरोजगार युवा उत्पादन गर्ने कारखानामा परिणत गरिदिएका छन्,’ उनले भने, ‘हामी स्वाभिमानी नेपाली बेरोजगार भएर अरेबियनहरूको नोकर बन्न बाध्य भइरहेका छौँ ।’

उनले विगतमा राजाले भन्दा अहिलेका राष्ट्रपति र दलहरूले देशको स्रोत दोहन गरेको भन्दै राजतन्त्रभन्दा गणतन्त्र खर्चिलो भएको जिकिर गरे ।

राप्रपाका प्रदेश २ अध्यक्ष भरत गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था तराई, पहाड र हिमाल जोड्ने माध्यम रहेको बताए । दुई ठूला छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्न राजसंस्था आवश्यक रहेको डा। लोहनीको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ६ दिन अगाडि

भर्खरै

सिफारिस