On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • देउवाको पेलानपछि यसरी काउनटरको तयारीमा जुट्यो शेखर समूह
समाचार

देउवाको पेलानपछि यसरी काउनटरको तयारीमा जुट्यो शेखर समूह

नेपाली काँग्रेसको शेखर कोइराला समूहले अस्तित्व रक्षाका लागि आन्तरिक छलफलमा जुटेको छ । सभापति शेरबहादुर देउवाले पेलेर जाने नीति लिएपछि शेखर समूहले छलफल थालेको हो । मंगलबार शीर्ष नेतासँग संवाद गरेका कोइरालाले आज समूहको विस्तारित बैठक गर्दैछन् ।

 

विज्ञापन

देउवाले आफ्नो अस्तित्व अस्वीकार गरेको निष्कर्ष निकालेको कोइराला समूहले आजको छलफलबाट महाधिवेशनको समीक्षा गरी आगामी रणनीति बनाउने गुरुराज घिमिरेले बताए । सभापति देउवा साझा सभापति बन्ने बाटोमा नहिडेपछि सशक्त प्रतिवादको गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

विज्ञापन

उनले भने, ‘सभापतिले नेताहरुको अस्तित्व स्वीकार गर्नुभएन । शेखर कोइराला समूहलाई किनारा लगाउने सोच राख्नुभयो ।’ घिमिरेले भने झै देउवाले सभापतिको नीति पनि त्यस्तै देखिन्छ । उनले निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालालाई पेलेर जाने रणनीति बनाएका छन् ।

देउवाले पार्टीको वरियता, निर्णय प्रक्रिया र केन्द्रीय समिति बैठकको आसनसम्म शेखरलाई बेवास्ता गरेको पाइएको छ । १४ औँ महाधिवेशनका सहभागी नभए र विभिन्न पदमा पराजित पूर्व पदाधिकारी केन्द्रीय सदस्यमा मनोनित भएपछि सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाको वरीयता २७ औँ स्थानमा पुगेको छ ।

दोस्रो बैठकबाट सभापति देउवापछि दोस्रो वरियतामा रामचन्द्र पौडेललाई राखिएको छ । तेस्रो र चौथोमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा पाँचौँ र छैटौँमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई राखिएको छ । सातौँदेखि चौधौँसम्म ८ जना सहमहामन्त्रीलाई राखिएको छ ।

पूर्वपदाधिकारीमा १५ औँ वरीयतामा गोपालमान श्रेष्ठ १६ औंमा प्रकाशमान सिंह, १७ औंमा विमलेन्द्र निधि, १८ औंमा विजयकुमार गच्छदार, १९ औं म कृष्णप्रसाद सिटौला र २० औंमा शशांक कोइरालालाई राखिएको छ । यस्तै २१ औँ वरियतामा चित्रलेखा यादव, २२ औंमा डा.रामशरण महत, २३ औंमा सदस्य अर्जुननरसिंह केसी, २४ औंमा डा.प्रकाशशरण महत, २५ औंमा सुनिलबहादुर थापा र २६ औंमा शेखर कोइराला रहेका छन् ।

मनोनितपछि कोषाध्यक्ष सातौँ वरियता पाउँदा शेखरको वरीयता थप एक स्थान तल झर्नेछ । वरियतामा पछाडि पारिएका शेखर कोइरालालाई निर्णय प्रक्रियामा पनि देउवाले खासै स्थान दिएका छैनन् । ​देउवाले वरिष्ठ नेता पौडेल, सिंह निधि, सिटौलालाई साथमा लिएर शेखरलाई पेलेर जाने नीति लिएको काँग्रेस नेताहरू बताउँछन् ।

देउवाले महाधिवेशनमा भाग नलिएका र पराजित भएका गरी १३ जनालाई केन्द्रीय केन्द्रीय सदस्यमा मनोनित गरे । तर शेखर समूहको एक जनालाई पनि देउवाले केन्द्रीय सदस्य मनोनित गरेनन् । उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी र महामन्त्रीका प्रत्यासी मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनित नगरेपछि कोइराला समूह असन्तुष्ट देखिएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस