आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • माओवादी महासचिवमा ‘अर्को विकल्प’को खोजी, बस्नेत र गुरुङको दाबी
समाचार

माओवादी महासचिवमा ‘अर्को विकल्प’को खोजी, बस्नेत र गुरुङको दाबी

काठमाडौं।

माओवादी केन्द्रको आठौं महाधिवेशनले २३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेपनि पदाधिकारीको टुंगो भने लगाउन सकेन। पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीमा करिब करिब सहमति भएको भन्दै आज टुंगो लाग्ने बताएका थिए।

विज्ञापन

 

विज्ञापन

आज बस्ने नयाँ कार्यसमितिको बैठकले पदाधिकारी चयन गर्ने प्रचण्डको तयारी छ। तर महासचिवका आकांक्षीहरु धेरै जना भएपछि प्रचण्डलगायत शीर्ष नेताहरु पदाधिकारी चयन गर्न सकेका छैनन्।

माओवादीमा अध्यक्षपछि सबैभन्दा बढी चर्चाको विषय बनेको छ, महासचिव। महासचिवमा महाधिवेशनअघि देखि नै चार नेताले दाबी गर्दै आएका छन्। महासचिवका लागि नेता जनार्द्धन शर्मा, वर्षमान पुन र पम्फा भुसालले दाबी गर्दै गर्दा पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराले आफू पनि महासचिवको दौडमा रहेका बताएका थिए। त्यही भएर पनि प्रचण्डलाई महासचिव छान्न सकस भएको छ।

यसैबीच महासचिवका लागि दोस्रो विकल्पको छलफल सुरु गरिएको छ। पहिलो विकल्पमा आकांक्षी चारै जना नेताहरुमा सहमति जुट्न नसकेपछि अर्को विकल्पमा देव गुरुङ र शक्ति बस्नेतबारे छलफल सुरु भएको छ।

माओवादी स्रोतका अनुसार आज बस्ने केन्द्रीय कमिटीको पहिलो बैठकमा अर्को विकल्पमा पनि छलफल हुनेछ। ‘महासचिवको लागि धेरै आकांक्षीहरु छन्। पहिलो आकांक्षीहरु जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल र कृष्णबहादुर महराबीच कुनै सहमति हुने छाँटकाट छैन। त्यही भएर अर्को विकल्पमा शक्ति बस्नेत र देव गुरुङबारे छलफल भइरहेको छ,’ स्रोतले  भने।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस