काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले एमाले पार्टी समाप्त हुने प्रक्रिया सुरु भएको बताउनुभयो ।
विज्ञापन
दैनिक जसो एमाले नेता कार्यकर्ताहरु पार्टी छोडिरहेको भन्दै अबको केही समय मै एमाले समाप्त भएर जाने ठोकुवा गर्नुभयो ।
कपिलवस्तुको शिवराज नगर कमिटीले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा बोल्दै नेता चौधरीले मुलुकको नेतृत्व अब एकीकृत समाजवादीले मात्र गर्न सक्ने बताउनुभयो ।
देशमा रहेका कम्युनिस्टहरूको नेतृत्व एकीकृत समाजवादीले गर्ने भन्दै अब कुनै शङ्का नगर्न आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य समेत रहनुभएको चौधरीले एमालेका कुशल कार्यकर्ताहरुलाई ओलीको दाष भएर बस्न नहुने भन्दै समाजवादीमा आउन आग्रह गर्नुभयो ।
देशका तीन वटा प्रदेशको नेतृत्व समाजवादीले गरिरहेको भन्दै निर्वाचन पश्चात् ठुलो दल बन्ने दाबी गर्नुभयो ।
कपिलवस्तुका जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले कपिलवस्तुमा एकीकृत समाजवादीलाई बलियो बनाउन सबै कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।
जिल्लाका सबै पालिकाहरू तथा वडाहरू पनि कमिटी विस्तार गरेको भन्दै अब निर्वाचन लक्षित कामहरू गर्नुपर्नेमा जोड दिनुभयो ।
एकीकृत समाजवादीका दाङ जिल्ला अध्यक्ष सुरामणी बेल्वासेले असल इमान्दार नेता कार्यक्रताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनुभयो ।
एमालेमा लामो संघर्ष र पार्टी निर्माणमा महत्वपूर्ण योगदान गरेका नेताहरूले एकीकृत समाजवादी पार्टीको नेतृत्व गरेकाले अबको केही महिनामा शक्तिशाली पार्टी हुने जिकिर गर्नुभयो ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य जीत बहादुर रावत, शिवराजका प्रभावशाली नेता जगतमान केसी, नेपाली काँग्रेसका युवा नेता डिलाराम भुसाल, शिवराज १० का स्वतन्त्र वडासदस्य नैनामति चमार लगायत १ सय ५० जना एकीकृत समाजवादीमा प्रवेश गरेको नगर कमिटी अध्यक्ष सरोज पौडेलले बताउनुभयो । कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रिय सदस्य मीना परियार, प्रदेश सदस्य एमवि हसन, जिवलाल पौडेल लगाएतको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु