Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २९, २०८१
  • होमपेज
  • समाचार
  • श्रीमान-श्रीमती नै माओवादीको केन्द्रीय सदस्य निर्वाचित
समाचार

श्रीमान-श्रीमती नै माओवादीको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । लमजुङका नेता देवेन्द्र पराजुली र उनकी पत्नी कल्पना धमला नेकपा माओवादी केन्द्रको खसआर्यतर्फ समानुपातिकबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेता देवेन्द्र पराजुली र उनकी पत्नी कल्पना धमला ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित ८ औं महाधिवेशनको बन्दसत्रबाट पारित केन्द्रीय सदस्यमा खसआर्य पुरुष केन्द्रीय सदस्यमा पराजुली र महिला केन्द्रीय सदस्यमा धमला (पति-पत्नी) परेका हुन् ।

विज्ञापन

आइतबार सम्पन्न महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घोषणा गरेको सामानुपातिक सूचीमा पराजुली र धमला परेका थिए ।

विज्ञापन

मन्त्रीसमेत भइसकेकी धमला र पार्टीका विभिन्न जिम्मेवारीमा रहिसकेका पराजुली खुल्लाबाटै पनि प्रतिस्पर्धा गर्नसक्ने खुबी भएको नेताको रुपमा चिनिन्छन् ।

बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्दा उनीसँगै गएका दुवैजना २०७६ माघ १५ देखि १९ गते भएको तत्कालीन नेकपा केन्द्रीय कमिटी बैठकका बेला पार्टी प्रवेश गरेका थिए ।

दुवैजनालाई केन्द्रीय सदस्यमा राख्न तत्कालीन नेकपाले पार्टीको विधानसमेत संशोधन गरेको थियो ।

सर्वोच्च अदालतको फैसलासँगै नेकपा छुटिएपछि दुवैजना दाहल नेतृत्वको पुरानै पार्टी नेकपा माओवादी केन्द्रमा फर्किएका थिए । बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई संघीय समाजवादी फोरमसँग एकीकरण गरेपछि पराजुली र धमला असन्तुष्ट थिए ।

पूर्व विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेकी धमला र उनका पति पराजुली नयाँ शक्तिमा रहँदा दुवै सचिवालय सदस्य थिए । भट्टराईले माओवादीसँग छुट्टिएर नयाँ शक्ति पार्टी गठन गर्दा पराजुलीलाई गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी दिएका थिए ।

उनी माओवादी आन्दोलन र नयाँशक्ति पार्टीमा हुँदा बाबुराम भट्टराईका विश्वासिलो पात्रसमेत मानिन्थे । माओवादी केन्द्रको आठौं अधिवेशनबाट पति-पत्नी नै केन्द्रीय सदस्यमा निर्वाचित भएको नेता पराजुलीले बताए ।

‘हामी दुवैजना केन्द्रीय सदस्यमा निर्वाचित भएका छौं । पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो इमान्दारी साथ बहन गरिनेछ । केही दिनपछि हामी जिल्ला फर्किन्छौं’ उनले भने ।

लमजुङको राइनास नगरपालिका ७, गरमबेंसी घर भएका पराजुली नेकपा माओवादी केन्द्रको यसअघि पार्टीको लमजुङ इन्चार्जसमेत थिए ।

२०७० को संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नं। १ बाट उम्मेदवार बनेका उनी संघ तथा प्रदेश सभा निर्वाचनमा नयाँ शक्ति पार्टीकातर्फबाट लमजुङ प्रदेश (क) मा उम्मेदवारी दिएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस