काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र सबैलाई समेट्ने गरी नेतृत्व चयन हुनुपर्ने बताएका छन् । जारी बन्दसत्रमा प्रचण्डले यस्तो बताएका हुन् ।
विज्ञापन
प्रचण्डले भने, ‘पार्टीभित्र सबैको अनुहार झल्कीनुपर्छ । मैले सोचेजस्तो समिति नबन्ने भयो भन्ने चिन्ता लागिरहेको छ । यहाँ जटिलता र अवसर छ । पछाडि परेकालाई अरुभन्दा बढि अधिकार दिन्छौं ’ माओवादी सदैब गरीब र मजदुरको सच्चा पार्टी बन्न तर्फ अग्रसर रहने उनले बताए ।
माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ।
माओवादी केन्द्रले नयाँ नेतृत्वका लागि सोमबार बिहान ८ बजेदेखि निर्वाचन हुँदैछ।
फेसबुक प्रतिक्रियाहरु