बुधबार, अशोज २, २०८१
  • होमपेज
  • समाचार
  • पार्टीमा चरम विकृति र विसंगति बढेको भन्दै पूर्वसांसद रायमाझीसहित ६६ जना एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश
समाचार

पार्टीमा चरम विकृति र विसंगति बढेको भन्दै पूर्वसांसद रायमाझीसहित ६६ जना एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश

एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान अनुसार नचलाएको र कम्युनिस्ट आचरण विपरीत काम गरेको भन्दै आफूले पार्टी परित्याग गरेको बताएका छन् ।

अध्यक्ष ओलीले अधिनायकवादी सोचबाट पार्टी सञ्चालन गरेको विज्ञप्तिमा उल्लेख छ । जसकारण रायमाझीले एकीकृत समाजवादी रोजेको बताएका छन् । उनीसँगै एमाले जिल्ला कमिटी र विभिन्न पदमा बसेका ६६ जना नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

विज्ञापन

 

विज्ञापन

विगतदेखि नै पार्टीमा चरम विकृति र विसंगति बढेको उनको आरोप छ । निरन्तर राजनीतिमा सक्रिय रायमाझीले त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको बताए । एकीकृत समाजवादीले दिने जुनसुकै जिम्मेवारी इमान्दारिपूर्वक निभाउने उनले बताएका छन् ।

रायमाझी एमाले पाल्पा जिल्ला कमिटीमा दुई कार्यकाल अध्यक्ष थिए । २०५६ सालको आम निर्वाचनमा प्रतिनिधिसभा निर्वाचित रायमाझी तत्कालीन नेकपामा विवाद हुँदा माधव नेपाल–दाहाल पक्षमा थिए । तर एमाले विभाजनपछि भने उनी एमालेमै रहेका थिए ।

उनी एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य पनि थिए । उनीसँगै एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बराल एकीकृत समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेयले बताए । बराल अघिल्लो स्थानीय चुनावमा रैनादेवी छहरा गाउँपालिकाको वडाध्यक्षमा झिनो मतले पराजित भएका थिए । पौडेल साविकको छहरा गाविस अध्यक्ष समेत हुन् ।

‘पार्टीको अन्तरिक एकतालाई कमजोर पार्दै लगेको, एमालेको नवौं अधिवेशनबाट पारित नीति सिद्धान्त विपरीत पार्टीलाई दक्षिणपन्थी अवसरवादको भासमा डुबाउँदै लगेको, मार्क्सवाद र लेनिनवादका मुलभूत सिद्धान्त परित्याग गरेको र पार्टी पार्टी नभई व्यक्तिवादी चिन्तनले ग्रसित अवस्था सिर्जना हुन पुग्यो,’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा दुई तिहाइको सरकार सञ्चालनमा स्वेच्छाचारिता प्रदर्शन गर्नुका साथै प्राप्त बहुमतको संरक्षण गर्न नसकेको, पार्टीको एकता संरक्षण गर्नका लागि इमान्दार हुन नसकेको, जनआन्दोलनको बल र अदालतको संवैधानिक व्याख्याबाट पुनर्स्थापित संसद्‍को पुन: हत्या गर्न कोशिस गरिएको भन्दै एमालेप्रति असन्तुष्टि व्यक्त गरिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस