Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • समाचार
  • एमसीसीबारे देउवा– ‘देशको प्रधानमन्त्री हुँ, राष्ट्रघाती काम गरौँला त ?’
समाचार

एमसीसीबारे देउवा– ‘देशको प्रधानमन्त्री हुँ, राष्ट्रघाती काम गरौँला त ?’

काठमाण्डाै ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) देशघाती नभएको दाबी गर्नुभएको छ ।

विज्ञापन

आज आइतवार माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले उद्घाटन सत्रमा केही नेताले एमसीसी राष्ट्रघाती सम्झौता भनेकोमा आपत्ति जनाउँदै पहिला पढेर मात्रै टिप्पणी गर्न आग्रह गर्नुभयो ।

विज्ञापन

‘राष्ट्रघाती भन्नेले एमसीसी पढेको छ कि छैन मलाई थाहा छैन । पहिले पढ्नुपर्‍याे नि । मैले पढेको छु, मैले त काहीँ राष्ट्रघात देखेको छैन । म पनि देशको प्रधानमन्त्री हो, नेपालको खिलाफमा जाउँला त ? किन राष्ट्रघाती काम गरौँला त मैले । ? यो विषयमा हामीले छलफल गरिरहेका छौँ । यो नेपालको हितमा छ, यो सित्तैमा आएको पैसा हो, नेपालको कानुनअनुसार आएको हो, राम्रोसँग बुझेर मात्रै बोल्नुपर्छ । यसमा धेरै छलफल गरेर पारित हुनेछ’, देउवाले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले आफू पनि प्रजातन्त्रका लागि लडेको व्यक्ति भएकाले राष्ट्रियताविरुद्ध नजाने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘मैले एउटा कुरा बोल्नै पर्ने भयो, म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हो । राष्ट्रघाती सन्धि किन गरुँला ? एमसीसी नेपालको हितमा छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस