बुधबार, अशोज २, २०८१
  • होमपेज
  • समाचार
  • हामीप्रति विद्यार्थीको आकर्षण बढ्दो छ : सुदेश पराजुली
समाचार

हामीप्रति विद्यार्थीको आकर्षण बढ्दो छ : सुदेश पराजुली

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफूहरूको संगठनमा विद्यार्थीको आकर्षण बढेको बताएका छन् ।

विज्ञापन

अनेरास्ववियू केन्द्रीय कमिटीले बिहीबार थापाथली क्याम्पसमा आयोजना गरेको कार्यक्रममा पराजुलीले आफूहरूप्रति विद्यार्थीको आकर्षण बढेको बताएका हुन् ।

विज्ञापन

उनले अब ‘मण्डले प्रवृत्ति’ भएका गठनहरूलाई विद्यार्थीले बहिस्कार गर्ने पनि बताए । “अब मण्डले प्रवृत्ति भएका विद्यार्थी संगठन हुँ र नेता हुँ भन्ने संगठनहरूलाई आम विद्यार्थीहरूले बहिस्कार गर्नेछन् । हामीप्रति विद्यार्थीको आकर्षण बढ्दो छ,” उनले भने ।

उनले आफ्ना विद्यार्थी नेता कार्यकर्तालाई विद्यार्थीको एजेन्डामा रही काम गर्न आग्रह गरे ।

सो अवसरमा नेकपा एमाले निकट अनेरास्ववियुका सचिवालय सदस्य आर्जन वाग्लेसहित विभिन्न विद्यार्थी नेताहरू अनेरास्ववियूमा प्रवेश गरेको अनेरास्ववियूका उपमहासचिव अशोक थापाले जानकारी दिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस