सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • एमसीसी पास गर्न देउवा-ओलीबिच गठबन्धन !
समाचार

एमसीसी पास गर्न देउवा-ओलीबिच गठबन्धन !

काठमाडौं ।

एमसीसी सम्झौता संसदबाट पास होला कि नहोला भन्ने ठूलो चासो जनमानसमा छ । केही राजनीतिक दलहरुका लागि यो प्रस्ताव घाँडो बनेको छ भने दलहरुबीचको मतान्तरका कारण केही गिजोलिएको पनि छ ।

विज्ञापन

एमसीसीको विषयलाई लिएर जारी विवादले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दबाब बढेको छ ।

विज्ञापन

एमसीसीका सम्बन्धमा बढेको तनावका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‘थाल खाउ की भात खाउ’को अवस्थामा पुगेका छन् । केपी ओली नेतृत्वको सरकार ढाल्न काँग्रेस सभापति शेरबहादुर देउवालाई अघि सारेका उनी अहिले देउवाले अघि सारेको एमसीसी सम्झौता सहमत हुन सकेका छैनन् ।

गठबन्धन टिकाउन देउवासँग सहमत भएर एमसीसी पास गर्न सघाउनु पर्ने देखिन्छ । तर पास गर्न सघाए विगतदेखि नै लिदै आएको एमसीसी विरोधी अडान बेच्नु पर्नेछ ।

त्यसबाहेक गठबन्धन भत्किएर ओली–देउवाको समीकरणमा मुलुक अर्लि इलेक्शनमा जाने सम्भावनामाथि पनि विश्लेषण भइरहेका छन् ।

दुवै सम्भावना प्रचण्डका लागि कठिन मात्रै होइन, ‘निल्नु न ओकल्नु’ नै बनेको छ ।

एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब देलान् कि भन्ने चिन्तामा माओवादी केन्द्रका नेताहरु छन् । यथास्थितिमा पास गर्न नसक्ने विगतदेखिकै अडानलाई कायम राखेर अघि बढ्न प्रचण्डलाई नेता कार्यकर्ताहरुले सुझाइरहेका छन् ।

यसका लागि गठबन्धननै त्याग्न परेपनि पछि हट्न नहुने कतिपय नेताको तर्क छ । तर प्रमुख प्रतिपक्षको भूमिका रहेका एमाले अध्यक्ष ओलीले गठबन्धन नै भत्काएर अघि बढ्न तयार भए एमसीसी पारित गर्न सहयोग गर्ने सन्देश देउवालाई दिएको छन् ।

एमसीसी सम्झौता जतिसक्यो चाँडो अनुमोदनको पक्षमा रहेको अमेरिकाले केही समय पर्खिन सक्ने निर्णय लिएपछि प्रधानमन्त्री देउवा गठबन्धनमा दबाब दिएरै भएपनि यो प्रस्ताव पास गर्ने तयारीमा देखिन्छन् ।

सम्झौता पास गर्न नेपाल सरकार प्रतिबद्ध भएको भन्दै मंसिर २८ मा सम्पन्न एमसीसी बोर्ड बैठक आशावादी बनेको थियो । त्यसअघि प्रधानमन्त्री देउवाले एमसीसीको मुख्यालयमै पत्र लेखेर सम्झौता अनुमोदनका लागि सरकार प्रतिवद्ध रहेको विश्वास दिलाएका थिए ।

सभामुखको विदेश भ्रमणको मौका पारी सरकारले संसद् बैठक आह्वान गरेको छ । पुस ६ मा बस्ने संसद बैठकमा एमसीसी प्रवेश गराउने चाहना सरकारको देखिन्छ । यति भएर पनि सभामुखले एमसीसी सम्झौता संसदमा टेबुल गराउनेनगराउने टुंगो छैन ।

सभामुख अग्नी सापकोटाको भूमिका प्रचण्डका लागि अनुकुल हुन सक्छ ।

सत्ता साझेदार साना कम्युनिष्ट दलहरुभन्दा शक्तिशाली प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर सम्झौता पास गर्न प्रधानमन्त्रीका लागि बढी सहज छ । यसका लागि देउवाले गठबन्धन भत्काएर ओलीसँग सहकार्य गर्न तयार हुनुपर्नेछ।

यस्तो अवस्था सिर्जना हुँदा एमसीसीमा मात्रै प्रभावित हुने होइन सत्ता समिकरण र आगामी निर्वाचन समेत प्रभावित हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १९ घन्टा अगाडि

भर्खरै

सिफारिस