सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • पुस ६ गते एमसीसी विरुद्ध देशभर विशाल आन्दोलन गर्ने आठ पार्टीको घोषणा
समाचार

पुस ६ गते एमसीसी विरुद्ध देशभर विशाल आन्दोलन गर्ने आठ पार्टीको घोषणा

काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध निरन्तर सङ्घर्ष गरिरहेका नेपाल कम्युनिस्ट पार्टीसहित आठ कम्युनिस्ट पार्टीरमोर्चाले यही पुस ६ गते देशभर सशक्त सङ्घर्ष गर्ने घोषणा गरेका छन् ।

आइतबार साँझ संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ८ पार्टीले भनेका छन्, ‘गत मङ्सिर २८ गते नै संसद्‌बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट

विज्ञापन

जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ ।’

विज्ञापन

संयुक्त प्रेस विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

एमसीसी सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध नेपाली जनता अविराम आन्दोलित छ । पछिल्लो शेरबहादुर देउवा सरकारले संसद्को आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाएपछि हामी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा संयुक्त आन्दोलनमा छौँ । गत मङ्सिर २८ गते नै संसद्‌बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ । उक्त सङ्घर्षको कार्यक्रमलाई भव्य रूपमा सफल पार्न कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्तहरू र आमनेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २0 घन्टा अगाडि

भर्खरै

सिफारिस