सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • ‘अहिलेकै अवस्थामा एमसीसी पारित गर्नु राष्ट्रघात हुन्छ’ : प्रचण्ड
समाचार

‘अहिलेकै अवस्थामा एमसीसी पारित गर्नु राष्ट्रघात हुन्छ’ : प्रचण्ड

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन नभएसम्म पारित हुनै नसक्ने धारणा राखेका छन् ।

विज्ञापन

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सम्पन्न सर्वदलीय बैठकमा धारणा राख्ने क्रममा अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रघात हुने भन्दै पारित नै गर्नुपर्ने भए पनि संशोधन गरेर मात्र गर्नुपर्ने धारणा राखेका हुन् ।

विज्ञापन

अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेकै अवस्थामा विवादास्पद एमसीसी सदनमा पेश गर्ने र पारित गर्ने प्रयास गर्दा समस्या झनै गहिरिने समेत बताएका छन् ।

 

सरकारको नेतृत्व दल नेपाली कांग्रेस अहिलेकै अवस्थामा पनि एमसीसी पारित गर्न सकिने पक्षमा रहेको छ । सर्वदलीय बैठमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलले संशोधन गरेर मात्र एमसीसी पारित गर्नुपर्ने धारणा राखेका थिए ।

तर, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा लगायतका दलले भने एमसीसी संसद्‌बाट पारित गर्नै नुहेन धारणा राखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २0 घन्टा अगाडि

भर्खरै

सिफारिस