काठमाडौं ।
नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवार बनेर पराजित भएपछि कुनै जिम्मेवारी निर्वाह नगर्ने भन्दै आएका भीम रावललाई पार्टीले जबर्जस्ती जिम्मेवारी प्रदान गर्ने भएको छ ।
विज्ञापन
शुक्रबार केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा महासचिव शंकर पोखरेलले अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित रावललाई जिम्मेवारी दिइने बताएका हुन् ।
महासचिव पोखरेलका अनुसार रावललाई थप जिम्मेवारी दिइने बारे छलफल भइरहेको र जसरी भए पनि दिइनेछ । नीतिगतरूपमा नेता रावल हाल केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहेको र उनलाई त्यहीँ जिम्मेवारी प्रदान गर्न लागिएको पनि महासचिव पोखरेलले बताए ।
यदि, रावलले जिम्मेवारी लिन नचाहे पनि केन्द्रीय सल्लाहकारकै रूपमा पार्टीमा भूमिका रहने पोखरेलले पुनः बताए ।
फेसबुक प्रतिक्रियाहरु