आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • प्राधिकरणका कर्मचारीले बिजुली नदिने गतिविधि गरेको खबर पाए तत्काल कारबाही गर्छाैँ : घिसिङ
समाचार

प्राधिकरणका कर्मचारीले बिजुली नदिने गतिविधि गरेको खबर पाए तत्काल कारबाही गर्छाैँ : घिसिङ

काठमाण्डाै ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सर्भिस डेलिभरीको विषयमा निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभएकाे छ । आज बिहीवार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग बिजुली आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै घिसिङले यस्ताे बताउनुभएकाे हाे ।

विज्ञापन

उहाँले धेरै उद्योगी व्यवसायीहरूबाट प्राधिकरणको विद्युत् सर्भिस कमजोर भएको गुनासो आएको बताउनुभयो । निर्देशक घिसिङले सर्भिस डेलिभरीका विषयमा प्राधिरकणलाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।

विज्ञापन

उहाँले प्राधिकरणका कुनै कर्मचारीले कुनै उद्योगमा बिजुली कटौती गर्ने, बिजुली नदिने गतिविधि गरेको खबर पाए तत्काल कारबाही गर्ने बताउनुभयो । घिसिङले नेपालमा बिजुलीकाे महसुल बिस्तारै सस्तो बन्दै जाने बताउनुभयो । उहाँले बिजुली महसुल सस्तो बनाउने कुरामा विद्युत् उत्पादकबाट महसुल बढाउन दबाब आउने र उद्योगीबाट घटाउने दबाब आउने गरेको बताउनुभयो ।

निर्देशक घिसिङले भन्नुभयो, ‘प्राधिकरणले उद्योगलाई दिने विद्युत् सर्भिस कमजोर भए निजी क्षेत्रले सहयोग गर्नुपर्छ । यदि प्राधिकरणका कुनै कर्मचारीले केही गरेको छ भने निजी क्षेत्रले प्राधिकरणका कर्मचारीसँग मिलेर भित्रभित्रै खुसखुस गरी मिल्न भएन । कर्मचारीसँग नमिलेर प्राधिकरणलाई सम्पर्क गरिदिनुपर्छ । प्राधिकरणले त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्छ । उद्योगीले प्राधिकरणमा सम्पर्क गर्दा काम बिग्रन्छ कि भन्ने होइन ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस