On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एक वडा एक हजार पार्टी सदस्य र दुई सय संगठित सदस्य बनाउने एकीकृत समाजवादी पार्टीको योजना
समाचार

एक वडा एक हजार पार्टी सदस्य र दुई सय संगठित सदस्य बनाउने एकीकृत समाजवादी पार्टीको योजना

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले देशभर संगठन विस्तार र प्रशिक्षण अभियान चलाएको छ । समाजवादीले सातवटै प्रदेशमा प्रशिक्षण र स्थानीय तहमा संगठन निर्माणका दुवै काम अभियानकै रूपमा सञ्चालन गरेको हो ।

विज्ञापन

एक वडा हजार पार्टी सदस्य र दुई सय संगठित सदस्य बनाउने योजनासहित संगठन विस्तार अभियान चलाउने एकीकृत समाजवादीको निर्णय छ ।

विज्ञापन

मंसिर तेस्रो साताबाट सुरु भएको प्रशिक्षण अभियान प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सकिएको छ । गण्डकी र लुम्बिनीमा पनि कार्यक्रम तय भइसकेको एकीकृत समाजवादीले जनाएको छ ।

बिहीबार बागमती प्रदेशमा प्रशिक्षण सम्पन्न भएको छ । गण्डकीमा शुक्रबार प्रशिक्षण कार्यक्रम हुँदै छ ।

प्रदेश २ मा भने अनुकूलता मिलाएर कार्यक्रम तय गरिने एकीकृत समाजवादीले जनाइएको छ । प्रदेशमा कार्यक्रम सकिएलगत्तै सबै जिल्लामा एकैपटक प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको महासचिव बेदुराम भुसालले बताए ।

प्रदेशस्तरीय प्रशिक्षणमा अध्यक्ष माधवकुमार नेपाल, महासचिव भुसाल, स्कुल विभागका प्रमुख प्रमेश हमाल, उपाध्यक्ष र उपमहासचिवलगायत नेता सहभागी छन् । सम्मानित नेता झलनाथ खनाल भने स्वास्थ्यका कारण सबै प्रशिक्षणमा भर्चुअल रूपमा सहभागी भएका छन् ।

त्यस्तै, प्रदेश इन्चार्ज र मुख्यमन्त्रीहरू पनि प्रशिक्षण र संगठन विस्तार अभियानमा सहभागी छन् । मुख्यमन्त्रीहरूले सम्बन्धित प्रदेशमा सरकारले गर्ने कामको योजनाबारे प्रशिक्षण दिँदै आएका छन् ।

अगुवा नेता–कार्यकर्तालाई नेकपा एसले पार्टी विभाजनको कारण, गठबन्धन सरकारमा पार्टीको भूमिका, भावी योजनालगायत विषयमा प्रशिक्षण दिएको छ । ‘हामीले मूलतः पार्टीको तत्कालीन नीति र दृष्टिकोण प्रस्ट्याउने काम गरिरहेका

छौँ,’ महासचिव भुसालले भने, ‘जिल्लास्तरसम्म प्रशिक्षण सकिएपछि फेरि सबैतिर व्यवस्थित ढंगले पार्टी स्कुल चलाउने योजनामा छौँ ।’

प्रशिक्षणमा प्रदेशका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी, सम्बन्धित प्रदेशकका केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू सहभागी छन् ।

७० प्रतिशत पालिकामा नेकपा एसको कमिटी

नेकपा एसले ७७ जिल्लाका सात सय ५३ मध्ये पाँच सयभन्दा बढी स्थानीय तहमा कमिटी गठन गरेको छ । पालिकास्तरीय कमिटी गठन भएका जिल्लामा वडा तहसम्मै कमिटी विस्तार भएको समाजवादीको दाबी छ । ‘हामीले जिल्ला कमिटी गठन सकेर ७० प्रतिशत पालिकामा कमिटी गठनको काम सम्पन्न गरेका छौँ, यो क्रम चलिरहेकै छ,’ भुसालले भने ।

पालिकामा कमिटी बनेका जिल्लामा वडास्तरसम्म पनि धमाधम कमिटी विस्तार भइरहेका छन् । जिल्ला कमिटीस्तरमा प्रशिक्षण सकिएपछि सबैतिर व्यवस्थित रूपमा पार्टी स्कुल विभागका तर्फबाट बेग्लै प्रशिक्षण चलाउने एकीकृत समाजवादीको तयारी छ । त्यसबीचमै विभिन्न साना पार्टीसँगको एकतालाई पनि जोड दिने उसको तयारी छ ।

-नयाँपत्रिकाबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस