मङ्लबार, मंसिर १, २०८३
  • होमपेज
  • समाचार
  • उपसभापति मतगणना अपडेट: शेखर प्यानलले बाजी मार्ने संकेत
समाचार

उपसभापति मतगणना अपडेट: शेखर प्यानलले बाजी मार्ने संकेत

काठमाडौं ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका लागि भएको निर्वाचनको जारी मतगणनामा धनराज गुरुङले अग्रता कायमै राखेका छन्। गुरुङले शेखर कोइराला प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका हुन्।

विज्ञापन

यसैगरी कोइराला प्यानलबाटै उपसभापतिमा उम्मेदवारी दिएका अर्का डा चन्द्र भण्डारी दोस्रो स्थानमा देखिएका छन्।

विज्ञापन

२३ सय मतगणना हुँदा गुरुङले ९६० मत पाएका छन्। भण्डारीले ८७० मत पाएका छन् भने खड्का ८४० मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै गच्छदारले ६६० मत पाएका छन्।

यसअघि खड्का दोस्रो स्थानमा रहे पनि उनलाई डा भण्डारीले पछि पारेका हुन्।

उपसभापतिको दौडमा महेश आचार्य र सुजाता कोइराला भने निकै पछि पर्न थालेका छन्। कुनै गुटमा नरहेका आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

यस्तै प्रकाशमान सिंहको प्यानलबाट सुजाता कोइरालाको मत पनि निकै कम आएको छ। विमलेन्द्र निधि प्यानलबाट दिवेश्वरी शाह सबैभन्दा पछि छिन्।

पार्टी कार्यालय सानेपामा जारी छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १ हप्ता अगाडि

भर्खरै

सिफारिस