काठमाडौं ।
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले रामचन्द्र पौडेलको योगदानको चर्चा गरेका छन्। मंगलबार बिहान पार्टीको १४ औं महाधिवेशनका प्रतिनिधिहरुका लागि पौडेलले चियापान कार्यक्रम आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हामी एक भएर अगाडि बढ्ने बताए।
विज्ञापन
‘रामचन्द्रजीको धेरै योगदान छ । नेतालाई आदर गर्नुहोस्।’ उनले भने, ‘रामचन्द्र जी आदरणीय व्यक्तित्व हो। भोलिका दिनमा धेरै ठूलो योगदान दिनुछ। हामी एक भएर छोड्छौं।’
मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन्। कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए। जुन ४८.२३ प्रतिशत मत हो।
यसैबीच सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचन जित्ने दाबी गरेका छन्। चियापान कार्यक्रममा बोल्दै उनले दोस्रो चरणमा स्वास्थ प्रतिष्पर्धा गर्ने दोहोर्याए।
उनले भने, ‘दोस्रो चरणको चुनावमा हुने भएको छ । यो आन्तरिक लोकतन्त्र हो । उहाँहरु(देउबा र पौडेल) हाम्रो सम्मानित नेता हो । दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौँ ।’
कोइरालाले अन्तरआत्माको आवाजले भोट दिन अनुरोध गरेका छन्। मंगलबार बिहान भएको मतगणनामा कोइरालाले १७२९ मत प्राप्त गरेका छन्।
पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ।
फेसबुक प्रतिक्रियाहरु