सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • आठौं पटक सगरमाथा आरोहण गर्ने तामाङसहित पाँच जना आरोही माओवादी केन्द्रमा प्रवेश
समाचार

आठौं पटक सगरमाथा आरोहण गर्ने तामाङसहित पाँच जना आरोही माओवादी केन्द्रमा प्रवेश

काठमाडौं ।

सगरमाथाको आठौं पटकसम्म आरोहण गर्ने रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं. १ का कामी सिङ्गी स्याङ्बा तामाङसहितको आरोहीहरुको टोली सोमबार माओवादी केन्द्रमा प्रवेश गरेको छ । उहाँहरुलाई पार्टी अध्यक्ष प्रचण्डले साेमबार निवास खुमलटारमा आयोजित एक कार्यक्रममा स्वागत गर्नुभएको थियो ।

विज्ञापन

यसरी प्रवेश गर्नेमा ७ पटक सगरमाथा आरोहण गर्ने सोही वडाका लाल बहादुर तामाङ, २ पटकसम्म सगरमाथाको आरोहण गर्ने मिङमार तामाङ, समाजसेवी तथा युवा व्यवसायी नामग्याल तामाङ, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा युवा व्यवसायी छिरिङ तामाङ लगायतका व्यक्तिहरु अध्यक्ष प्रचण्डको हातबाट टिका लगाई पार्टी प्रवेश गर्नुभएको थियो ।

विज्ञापन

सो अवसरमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, रसुवा जिल्लाका नेताहरु जगतजंग, समिर, दावा मोक्तान तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो । अध्यक्षले पार्टीमा प्रवेश गर्ने सबैलाई उचित जिम्मेवारी दिने बताउनुभयो । रसुवा जिल्लाका नेताहरुले जिल्लाका समस्याहरुका बारेमा अध्यक्षलाई अवगत गराउँदै जिल्लाको वस्तुस्थिति बुझ्न रसुवा जिल्लामा आमन्त्रण गर्नुभएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस