सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • सभापति पदमा खस्यो ४ हजार बढी मत, शेरबहादुर र शेखरबीच मुख्य प्रतिस्पर्धा
समाचार

सभापति पदमा खस्यो ४ हजार बढी मत, शेरबहादुर र शेखरबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि ४ हजारभन्दा बढी मत खसेको छ ।

विज्ञापन

कांग्रेसको नेतृत्व चयनका लागि जारी मतदानमा साँझ ८ बजेसम्म ४ हजार बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

विज्ञापन

निर्वाचन समितिले राति मतदान सकिएलगत्तै सभापति पदको मतगणना गर्ने भएको छ । सभापति पदको छुट्टै मतपत्र भएकाले धमाधम मतगणना हुने समितिले जनाएको छ ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७७३ मतदाता रहेका छन् । सभापति पदमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने कांग्रेस शीर्ष नेताहरू बताउँछन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस