सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • थापा र शर्मालाई भोट माग्दै क्रान्तिकारीका अध्यक्ष
समाचार

थापा र शर्मालाई भोट माग्दै क्रान्तिकारीका अध्यक्ष

काठमाडौँ ।

माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले नेपाली कांग्रेस महाधिवेशनको महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा र विश्वप्रकाश शर्मालाई मतदान गर्न आग्रह गरेका छन् । उनले कांग्रेसमा युवा पुस्ताको आवश्यक रहेको भन्दै थापा र शर्मालाई मतदान गर्न आग्रह गरेका हुन् ।

विज्ञापन

तामाङले सामाजिक सञ्जालमा लेख्दै कांग्रेसलाई थप शसक्त बनाउनका लागि विश्वप्रकाश र गगन जस्ता युवाहरु कांग्रेसमा आवश्यक रहेको बताए । दुई युवा नेताहरु नेतृत्वमा आएमा कांग्रेस थप बलियो बन्ने उनले बताए । साथै, आफूहरु (माओवादी) लाई कमजोर कांग्रेस भएमा प्रतिष्पर्धा गर्न सहज हुने भन्दै टिप्पणी गरेका छन् ।

विज्ञापन

कांग्रेसको १४औँ महाधिवेशनका लागि विश्वप्रकाश र गगनले फरक फरक प्यानलबाट उम्मेदवारी दिएका छन् । विश्वप्रकाशले प्रकाशमान सिंह र गगनले डा.शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १९ घन्टा अगाडि

भर्खरै

सिफारिस