Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • समाचार
  • ज्ञानेन्द्र शाहीले भेटेर लिङ्देनलाई शुभकामना दिदैं भने- ‘तपाईंको जीतले सामन्ति सोच र राष्ट्रघाती चरित्रलाई सवक बनोस्’
समाचार

ज्ञानेन्द्र शाहीले भेटेर लिङ्देनलाई शुभकामना दिदैं भने- ‘तपाईंको जीतले सामन्ति सोच र राष्ट्रघाती चरित्रलाई सवक बनोस्’

हाम्रो नेपाल, हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले भेटेर राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् । चीर अन्धकारमा जुनकिरी पिलपिलाएको भन्दै शाहीले राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएको आफ्नो फेसबुकमाफर्त जानकारी दिएका हुन् ।

 

विज्ञापन

उनले लेखेका छन्ः विदेशी षडयन्त्र र स्वदेशी खोल ओढेका विदेशी दलाल एजेन्टहरूको कारण देशको हर क्षेत्र संघ संस्था निकाय तहस नहस भएको वर्तमानको चीर अन्धकारमय कुशासन,भ्रष्टाचार,विकृति , विसंगति र राष्ट्रघातीयुक्त वातावरणमा राप्रपा को महाधिवेशनले क्षितिजमा आशाको दियो जलाएको छ।

विज्ञापन

 

 

 

चीर अन्धकारमा जुनकिरी पिलपिलाएर चुनौती दिएको छ।यो महाधिवेशन औपचारिकतामा मात्र सिमित नभएर सुझबुझ पूर्ण निर्णय गर्दै देशको राजनीतिमा नयाँ सोच मान्यताको झण्डा फहराउँदै देश र जनताको पक्षमा कोशेढुङ्गा स्थापित गरेको छ।

 

एक सामान्य परिवारबाट संघर्षका डगरहरू पार गर्दै ईमान्दारी,संघर्ष, लगन,आस्था,समर्पण र राष्ट्रभक्तिले ओतप्रोत जनताको छोरालाई जिताउँदै अराजक,अराजनैतिक, अनैतिक,भ्रष्ट,अवसरवादी, राष्ट्रघाती र मौकापरस्त चरित्रलाई हराउँदै देशभक्ति कहिले नहार्ने सन्देश दिएको छ।

 

यसर्थ यो महाधिवेशनमा नेताले होईन प्रतिनिधिले जितेका छन्।सबभन्दा पहिले ती तमाम देशभक्त प्रतिनिधिहरूलाई हार्दिक बधाई विजयी सबै पदाधिकारीहरू तथा सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना ।

 

 

 

विशेष गरि सामान्य जनाताको ईमान्दार देशभक्त छोरो,किराँत पुत्र तर सनातन धर्म परम्पराका अगुवा कर्मठ देशभक्त श्री राजेन्द्र लिङ्देनज्यूलाई हार्दिक बधाई तथा शुभकामना । तपाई र तपाईको टिमको जीत साँच्चै देश र जनताको जीत बनोस् ।

 

हाम्रा वैभवशाली धर्म, परम्परा,संस्कृति, रितिरिवाज, देशभक्ति अनि नेपाली राष्ट्रियताको जीत बनोस् । कुशासन र भ्रष्टाचारका विरूद्ध सशक्त मशाल बन्दै श्रृजनशील, सौहार्द, समृद्ध अनि सुशासनयुक्त नव नेपाल निर्माण गर्न सम्वाहक बनोस् । देशभक्तिको यो सन्देश र यात्रा सबै राजनैतिक पार्टी एवं संघ संस्थालाई छुओस् । देश र समाजका निम्ति केही गर्न चाहने सामान्य जनताका छोराछोरीहरूलाई प्रेरणा बनोस् । सामन्ति सोच र राष्ट्रघाती चरित्रलाई सवक बनोस् ।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस