मङ्लबार, मंसिर २५, २०८१
  • होमपेज
  • समाचार
  • पूर्वलडाकु भित्र्याउने ओलीको योजना असफल , कालीबहादुर खाम माओवादीको सुरक्षा विभाग सदस्य
समाचार

पूर्वलडाकु भित्र्याउने ओलीको योजना असफल , कालीबहादुर खाम माओवादीको सुरक्षा विभाग सदस्य

नेकपा माओवादी केन्द्रले पूर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर कालीबहादुर खामलाई पनि राष्ट्रिय सुरक्षा विभागको सदस्य बनाएको छ।

ज्यानमुद्दा लागेर खाम फरार सूचीमा छन्। खामले पुस ५ मा प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए।

विज्ञापन

चितवनको शक्तिखोर शिविरमा मारिएका भनिएका व्यापारी रामहरि श्रेष्ठको ह’त्याअन्तर्गत ‘फरार’ रहेका खाममाथि अरू पनि मुद्दा पनि लागेका थिए। रामहरि प्रकरण हुँदा उनी शक्ति शिविरको डिभिजन कमाण्डर थिए।

विज्ञापन

उनीविरुद्ध सरकारी छाप दस्तखत किर्ते, चोरी-डकैती र हातहतियार-खरखजनासम्बन्धी मुद्दा पनि छन्। रुकुम पूर्वको मगर बस्तीमा उनको राम्रो प्रभाव छ।

तत्कालीन माओवादीको तेस्रो डिभिजन कमाण्डर खामलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको ह’त्या गरेको आरोप लागेको छ। उनी १२ वर्षदेखि फरार छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि खामलाई बालुवाटारमै बोलाएर दुईपटक भेट गरेका थिए।

कालीबहादुर खामले ओलीसँग मागे मन्त्री पद

ओलीलाई भेट्न दोस्रो पटक बालुवाटार जाँदा भने खामले पूर्वडिभिजन कमान्डर धनबहादुर मास्की र अन्य तीन कमाण्डरलाई पनि सँगै लगेका थिए।

२०७७ पुसको दोस्रो हप्ता बालुवाटारमा भेट भएको थियो। त्यसबेला खामले प्रधानमन्त्री ओलीको पक्षमा लाग्नुपर्ने भए आफूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका समाचार सार्वजनिक भएको थियो।

ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने ओलीको योजना असफल, खाम अझै बार्गेनिङमा

तर, खामलाई माओवादी केन्द्रले सुरक्षा विभागको सदस्य बनाएको हो। सुरक्षा विभागको प्रमुखमा प्रवक्ता समेत रहेका कृष्णबहादुर महरा छन्।

यस्तै उपप्रमुखमा पूर्व डिभिजन कमाण्डर सन्तबहादुर दरै छन्। यसैगरी विभागको सदस्यहरुमा पूर्व डिभिजन कमाण्डर, भिसी, व्रिगेड कमाण्डरहरु समेटिएका छन्।

महेन्द्रबहादुर शाही, धनबहादुर मास्के, तेजबहादुर ओली, सुकबहादुर रोका लगायतका पूर्व जनमुक्ति सेनाका उच्चपदस्थ कमाण्डरहरु छन्। खामलाई विभागको ७ नम्बर सदस्यमा राखिएको छ।

पूर्वलडाकु तान्ने ओलीको यस्तो रणनीति, गृहमन्त्री थापाको कमान्डमा खाम र ढुंगेल सक्रिय

अध्यक्ष प्रचण्डले ३२ वटा विभाग गठन गरेका छन्। त्यही विभागको सदस्यहरुको नाम समेत बुधबार सबैतिर पठाइएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस