बुधबार, कार्तिक २५, २०८३
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवा झुक्किएपछि …
समाचार

प्रधानमन्त्री देउवा झुक्किएपछि …

बिहीबार बिहान लैनचोर बैंक्वेटमा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतलले लेखेको पुस्तक विमोचन कार्यक्रम थियो।

पुस्तक विमोचन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निम्त्याइएको थियो। पार्टीको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा पुस्तक विमोचन गर्नुको तात्पर्य आफ्नो चुनावी प्रचार भएको स्पष्ट हुन्थ्यो।

विज्ञापन

बिहान साढे ८ बजे पुस्तक विमोचनको कार्यक्रम तय भए पनि प्रधानमन्त्री देउवा झन्डै डेढ घन्टापछि मात्रै कार्यक्रमस्थल आएका थिए।

विज्ञापन

महतले सुरूमा सम्बोधन गरे। उनले देउवाको गुनगान गाए, पार्टीले गरेका राम्रा कामको पनि बखान गरे।

अन्तिमका वक्ता थिए, प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा।

उनले सुरूमै प्रकाशशरण भन्ने ठाउँमा रामशरण महत भनेपछि हलमा हाँसो गुञ्जियो।

लगत्तै देउवाले आफ्नो बोली सच्याए। थोरै भूमिका बाँधे।

‘रामशरणसँग सधैं जसो कुरा भइरहन्छ र बुधबारमात्रै कुरा भएको थियो, म झुक्किएँ’, आफू झुक्किनुको कारण उनले यसरी बताए।
त्यसपछि फेरि हलमा हाँसो गुञ्जियो।

त्यसपछि देउवाले पार्टीको १४ औं महाधिवेशनतर्फ कुरा मोडे। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतान्त्रिक प्रक्रियामात्रै भएको हुँदा यसलाई सहज रूपमा लिन आग्रह गरे।

‘पार्टीभित्रको जित-हार सामान्य कुरा हो, यसलाई सबैले सहज रूपमा लिन र स्वीकार्नुपर्छ’, उनले भने।

झन्डै ७ मिनेट जति सम्बोधन गरेका देउवाले सबैलाई सौहार्दपूर्ण रूपमा अधिवेशन सम्पन्न गर्नतर्फ लाग्न आग्रह गरे।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ३ दिन अगाडि

भर्खरै

सिफारिस