Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • समाचार
  • जनताको वाचा पुरा गर्दै मेयर रेनु, घर पाएपछि मुसहर समुदायमा खुशी
समाचार

जनताको वाचा पुरा गर्दै मेयर रेनु, घर पाएपछि मुसहर समुदायमा खुशी

चितवन । 

नयाँ घर पाएपछि चितवनको मुसहर समुदायमा खुशी छाएको छ । भरतपुर महानगरपालिकाले नयाँ घर बनाएर हस्तान्तरण गरेपछि चितवन वडा नम्बर २७ र २८ का ६ घर मुसहर परिवारमा खुशीयाली छाएको हो ।

विज्ञापन

 

विज्ञापन

 

सुनिता मुसहरले घर बिहिन भएका आफुहरु घर पाउँदा खुुसी भएको बताइन् । ‘बस्ने टहरासमेत राम्रो थिएन,आज धेरै खुसी छु मेयर रेनु दाहाल भगवान बनेर आउनुभयो, घर बनाइदिनुभयो उनले भनिन् ।’

 

टुलिय मुसहरले पनि घर पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्‘ पहिला कस्तो दुखमा बसेका थियौँ अहिले धेरै राम्रो भएको छ खुसी लागेको छ ।’ दीपक मुसहरले माछा मारेर भएपनि विहान बेलुका पेट पाल्ने गरे पनि बस्ने घर नहुदाँ थप कष्टकर जीवन बिताउन परेको बताए । अहिले घर पाउँदा आफुहरु खुशी भएको बताउदै मेयर रेनु दाहाललाई धन्यावाद दिए ।

 

भरतपुर महानगरपालिकाले आवास कार्यक्रम अन्तरगत २०७७÷२०७८ को बजेटबाट वडा नं २७ र २८ मेघौली ददेनीको मुसहर वस्तीमा नवर्निमित सामुहिक आवास हस्तान्तरण गरिएको हो । दीपक मुसहर, सम्भु मुसहर, राजु मुसहर, गेडह मुसहर र पत्रुस मुसहरलाई घर निर्माण गरि हस्तान्तरण गरिएको हाे । राज कुमार मुसहरलाईको परिवारलाई भने गत बर्ष नै हस्नातरण गरिएको हो ।

 

हस्तान्तण कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले चुनावी अभियानकै क्रममा यहाँको मुसहरको दयनीय अवस्था देखिपछि आफुले जनताको आधारभुत आश्यकता अनुसार घर बनाइदिने अठोट लिएको बताइन् । सोही प्रतिवद्धताअनुसार आज काम पुरा भएको र घर हस्तान्तरण गर्न पाउदा निकै खुसी लोगेको बताइन् ।

 

उनले भनिन्’ यहाँ आउँदाखेरी यहाँका मुसहर बस्तीहरु दयनीय अवस्थामा थियो, माथि खरको छानो त्यसमा पनि पानी चुहिरहेको थियो त्यो अवस्था देख्दा घर बनाइदिनुपर्छ भन्ने लाग्यो अहिले घर निर्माण गरि हसतान्तरण गर्न पाउँदा आफ्नो प्रतिवद्धता पुरा गर्न पाउँदा खुशी लागेको छ ।‘ आफुले बोलेर भन्दा काम गरेरै भरतपुरको विकास र समृद्धिको जनताले अनुभुति गराएको स्पष्ट पारिन् ।

विपन्न समुदायको,आवास व्यवस्थापन महानगरको पहिलो योजना रहेकोले हरेकले घर पाउने अवस्था सुनिश्चित भएको बताईन् । घर निर्माण उपभोक्ता समितिका संयोजक टिकाराम भुषालले २३ लाख बजेट पक्की घर, भान्सा, टवाईलेटसहित दुई कोठा र भान्सा कोठा निर्माण गरिएको बताए ।

उनका अनुसार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले फिल्डमै आई यहाँको बस्तीको अवस्था बारे विस्तृत जानकारी लिएकी थिइन् । नेकपा माओवादी वडा २७ का अध्यक्ष मोतीराम भुषालले जनतालाई बोलेको बाचा पा गरेकोमा धन्यावाद दिए । मेघौली मध्यवर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष श्यामप्रसाद अधिकारी, बर्दाहा सामुदायिक वनका अध्यक्ष सोम महत्तो लगायतको उपस्थिति रहको थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस