काठमाडौं ।
नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।
नेकपा एमालेले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको भन्दै दावी गर्दै आएकोमा त्यसको खण्डन गर्दै प्रदेश सचिव समेत रहेका गुरुङले त्यसको पुष्टिका लागि आगामि निर्वाचनसम्म पर्खन आग्रह गरेका हुन ।
विज्ञापन
युवा संघ नेपाल बुटवल उपमहानगरको भेलालाई शनिबार सम्बोधन गर्दै नेता गुरुङले बुटवलबाट एमालेका उपाध्यक्ष विष्णु पौडेललाई आफूसँग चुनाव जितेर देखाउन चुनौती दिए ।
रुपन्देही निर्वाचन क्षेत्र न, २ का प्रतिनिधिसभा सदस्य रहेका पौडेललाई अब आउने चुनावमा आफूले हराउने बताउँदै चुनाव जित्न चुनौती पेश गरेका हुन ।
आउने चुनावमा नेता पौडेलका लागि सहज नभएको बताए । ‘नेकपा एकिकृत समाजवादीलाई कमजोर भनेर अभिव्यक्ति दिएको सुन्छु, त्यसो हो भने म चुनौती दिन चाहन्छु, क. विष्णु पौडेल मसँग चुनाव जितेर देखाउनुस’ गुरुङले भने ।
उनले एमालेले कम्यूनिष्ट आचरण र चरित्र छाडिसकेको बताउँदै क्रान्तिकारी एमालेहरु नेकपा (एस) मा आर्कषित भएको बताए ।
लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङले बुटवलमा आफ्नो पार्टीलाई कमजोर आकलन नगर्न समेत आग्रह गरे । ‘हामी संगठन निर्माणलाई
तिव्रता दिएका छौं, गठबन्धन नै नभएपनि हामी चुनावमा जित्छौं’ उनको दावी छ ।
युवाहरुलाई राजनीतिक चेत दिने बेला बा र आइलभयू भन्न लगाएर दास बनाउन खोजेको उनको टिप्पणी छ। उनले युवाशक्तिले कम्यूनिष्ट आचरण त्याग्न नसक्ने बताउँदै चुनावसम्म लाखौं युवाहरु आफूहरुसँग आउने बताए ।
भेलामा युवा संघ, नेपालका केन्द्रीय उपमहासचिव सरिता श्रीस, नेकपा एकिकृत समाजवादीका नेता चिनबहादुर गुरुङले बोल्दै युवाहरु वैचारिक र अनुशासित बन्नुपर्नेमा जोड दिए ।
बुटवल उपमहानगरको भेलाले कृष्ण थापाको अध्यक्षतामा १५१ सदस्यीय कमिटि गठन
गरेको छ । कमिटिको उपाध्यक्षमा धनसिंह खाम्चा, सचिवमा सारधुल मयूर कसौधन, सह-सचिवमा सोम खाती, कोषाध्यक्ष हिता गुरुङ रहेका छन ।
फेसबुक प्रतिक्रियाहरु